नेपाल मेगा कलेजमा स्नातक तहमा भर्ना खुल्यो


काठमाडौ, ववरमहल स्थित नेपाल मेगा कलेजमा स्नातक तह (Bachelor Level )का विभिन्न बिषयहरुमा नयाँ शैक्षिक सत्र २०८१ को लागि भर्ना खुलेको छ।

हाल कक्षा १२ उत्रिर्ण गरि स्नातक तह (Bachelor level)मा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका Bachelor in Business Management (BBM), Bachelor in Computer Application (BCA), Bachelor in Business Studies (BBS), Bachelor in Social Work (BSW) अध्ययन गर्न चाहने विधार्थीहरुको लागि निश्चित छात्रवृत्ति सहितको भर्ना कार्यक्रम सुचारु भैरहेको छ।

नियमित पठन पाठनको अतिरिक्त विद्यार्थी क्षमता बिकासका कार्यक्रमहरु जोड्दै आईरहेको नेपाल मेगा कलेज,ववरमहल गुणस्तरीय शिक्षा दिलाउन सहुलियत दरको कलेजको रुपमा मानिन्छ।

विद्यार्थी अभिभावकहरुले फ्री काउन्सेलिङ्ग तथा शैक्षिक परामर्शकोको लागि क्याम्पस भ्रमण गर्न सक्नु हुनेछ। परामर्शको लागि हरेक दिन बिहान देखि बेलुकी सम्म क्याम्पसमा सम्पर्क गर्न सकिनेछ।

नेपाल मेगा कलेज काठमाडौको बबरमहल बिजुली बजार पुल नजिक रहेको एक प्रतिष्ठित क्याम्पस हो जहाँ कक्षा ११-१२ हुँदै त्रि वि का स्नातक ,स्नातकोत्तर सम्मका बिषयहरु पढाईहुने गर्दछन् ।