अब आईफोनद्वारा खिचिएको नेपाली फिल्म अमेजन प्राइममा

काठमाडौं– नेपाली सिनेकर्मीहरुद्वारा आई फोन १४ प्रोम्याक्सको प्रयोग गरि निर्माण गरिएको चलचित्र “A Place Under the Sun”लाई विश्व प्रसिद्ध OTT प्लेटफर्म ‘अमेजन प्राइम भिडियो’ मा राखिएको छ । नेपाली युवाको एउटा सानो समूहले आईफोनबाट खिचेर बनाइएको फिल्म अमाजोन प्राइम भिडिओले देखाएको हो ।

First Squad फिल्मको ब्यानरमा निर्माण भएको ‘अ प्लेस अन्डर दी सन’ नामको फिल्मलाई आईफोन १४ प्रोम्याक्सले खिचिएको निर्माण समूहले जनाएको छ।

त्रिभुवन विश्वविधालयको सम्वन्धन प्राप्त ओस्कर कलेज अफ फिल्म स्टडिज बाट उत्रिर्ण भएका युवाहरूको समूहले डेढ बर्षअघि वान स्क्वाड फिल्म ब्यानर तयार पारेका थिए।

फिल्मका लेखन, सम्पादन र निर्देशन जेसोन लोप्चनले गरेका छन्।

उमेश खड्का सह–निर्माता रहेको फिल्ममा प्रवेश एमसी, मिन घलान, मिरा गुरुङ, अंशु शर्मा, विप्लव गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र सन्तोष मिजारलगायतको अभिनय रहेको छ।

राजीव थापा, गणेशजङ्ग रावल र प्रज्वल खड्काले फिल्मको गीतमा संगीत भरेका छन्। प्यासिफिक स्टुडिओमा पोस्ट प्रडक्शन गरिएको फिल्मका प्रडक्शन म्यानेजर निराजन रेग्मी हुन्।

Official Trailer