आइफोन १३ को प्रि–बुकिङ खुला

नेपालमा एप्पलको लागि आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन वा जेनएक्सटीले हालै आइफोन १३ सिरिजको लागि आफ्नो प्रि–बुकिङको घोषणा गरेको छ ।

कम्पनीका अनुसार आइफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सपिंगको सुरूवात ग¥यो र यसको वितरण नेपालमा २०२१ अक्टोबर २९ बाट सुरु हुँदैछ । यो वर्ष यसको लन्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिङ गर्न सक्ने जनाइएको छ । जहाँ उनीहरुले ३० हजार रुपैयाँ भन्दा माथिको नगदको विभिन्न अफरहरु प्राप्त गर्नेछन् । जसमा थुप्रै डिस्काउन्ट कुपनहरु उनीहरुले विभिन्न स्थानबाट पाउनेछन् ।
जसमा रोडहाउस क्याफे (१० प्रतिशत छुट), द एभरेस्ट होटल (१५ प्रतिशत छुट), बिइन्ग ह्युमन नेपाल (१० प्रतिशत छुट), भेन्चुरिनी सुज (१० प्रतिशत छुट), राइट च्वाइस नेपाल (२५ प्रतिशत अफ), बाइकर्स मार्ट (१० प्रतिशत छूट), अर्बन फुड (१५ प्रतिशत छुट), नील डेभिडको सैलुन (१० प्रतिशत छुट), केज फिटनेस (२० प्रतिशत छुट) र अप्सन दरबारमार्गमा (५० प्रतिशत सम्मको छुट) रहेका छन् ।
यस बाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागि १ वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ । उत्पादनहरुको तोकिएको मूल्य तल दिइएको छ र यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छ र केही मोडलहरुको लागि भारतीय आरआरपी मूल्य निर्धारणको तुलनामा अधिक उचित पनि रहेको छ ।
वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागी शुरू गरीएको छ जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ । नयाँ मोडेलमा मुख्य बिशेषता भनेको यसको क्यामेरा हो जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ । यसको अर्को ठूलो विशेषता भनेको प्रो मोडेलमा रहेको १२० हर्ट्ज प्रो मोशन डिस्प्ले हो जुन सबै ग्राहकहरुको लागि निकै नै उपयुक्त रहेको हुन्छ । आइफोनमा रहेका नचहरु साना छन् र क्यामेरा मोड्युलहरु धेरै ठूलो छन् जसले गर्दा यसलाई अहिले सम्म कै सबै भन्दा राम्रो आइफोन एप्पल बनाएको छ ।

source:Karobardaily