एल. आर. आइ. स्कुल,कलंकी र मलेसियाका बिद्यालयहरु बिच सम्झौता पत्रमा हस्ताक्षर


स्युचाटार ,काठमाडौँ
एल. आर. आइ. स्कुलले मलेसियाका उच्च तहका प्रतिष्ठित बिद्यालयहरु बिच Teachers -Students Exchange Program अन्तर्गत सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
अन्तर देशीय शैक्षिक ज्ञान आदान प्रदान गर्ने हेतु मलेसियाको अध्ययन भ्रमण गरेको एल. आर .आइ स्कुलले आफ्ना देशका विद्यार्थीलाई विश्व चिनाउने र बिज्ञान तथा सुचना प्रविधिको युगमा प्रतिस्पर्धी बनाई राख्नको लागी यो भ्रमण तय गरिएको बिद्यालय प्रमुख प्रशासकीय अधिकृत दिपक जोशीले पढ़नेकुरा संचार नेटवर्क लाई बताउनु भएको छ।

बिद्यालयकी संस्थापक ट्रस्टी डा. यशोधरा पन्तको नेतृत्वमा यस पटकको मलेसियासंगको अन्तरदेशीय “Teachers -Students Exchange Program” भ्रमण दलमा बिद्यालय ब्यबस्थापन समिति की अध्यक्ष श्रीमती यशरेखा पन्त, उच्च माध्यमिक शिक्षा प्रमुख पुस्करनाथ फुलारा तथा बरिष्ट समाजसेवी श्रीमती प्रतिभा शर्मा रहनु भएको छ ।

बिद्यालयका संस्थापक ट्रस्टी डा. यशोधरा पन्तको नेतृत्वमा गएको बिद्यालय प्रतिनिधि मन्डलको टोलीले २ अगस्ट, २०२४ मा मलेसियामा रहेका तीन वटा पूर्व प्राथमिक तथा प्राथमिक तहका बिद्यालय संग भबिष्यमा शैक्षिक आदान प्रदान लगायत आपसी सहकार्य गर्ने गरि एक समारोहका बिच आपसी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

काठमाडौँको कलंकीमा अवस्थित एल. आर. आइ. स्कुलको भ्रमण टोलीले मलेशिया स्थित नेपाली राजदुतावासको पनि भ्रमण गरेको थियो। सो अवसरमा मलेशिया स्थित नेपाली राजदुतावासले LRI बिद्यालयले अन्य बिभिन्न देशहरुमा झैँ मलेशियाका बिद्यालयहरु सित पनि सहकार्य गर्नु शैक्षिक क्षेत्रमा चालिएको अर्को प्रभावकारी कदम भनि स्वागत गरेको छ ।

बिद्यालय प्रतिनिधी मण्डलले मलेशियाका स्थानिय सरकारका शिक्षा प्रमुख लगायत सरोकारवालाहरु सित पनि अन्तरकृया गरी दुई देश बिच शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा आपसि सहयोग आदान प्रदान गर्ने बिषयमा सहमती गरेको छ । भेटमा मलेशियाको प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरि एल.आर.आइ. विद्यालयसंग विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धी थप सम्झौता गरिने प्रतिवद्धता जनाइ सकेको छ ।

एल. आर. आइ विद्यालयले यस अघि नै विश्वका १८ देशका विद्यालयहरु सित शैक्षिक आदानप्रदान कार्यक्रममा आपसी सम्झौता गरिसकेको छ । यस्तो किसिमको कार्यक्रमले विद्यालयमा अध्यययनरत विद्यार्थीहरुलाई ग्लोबल सिटिजनको अवधारणामा उत्प्रेरित गर्ने विश्वास लिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा बिद्यालयका सुचना अधिकारी दीपक जोशी बताउनु हुन्छ । भ्रमणका क्रममा प्रतिनिधि मण्डलले मलेशियाका तीनवटा प्रतिष्ठित पूर्व प्राथमिक तथा प्राथमिक तहका बिद्यालयहरुका शैक्षिक गतिबिधी हरुको सुक्ष्म रुपमा अवलोकन भ्रमण गरेको छ ।


एल. आर. आई स्कूलले आफ्ना विद्यार्थीलाई विश्व चिनाउने र बिज्ञान तथा सुचना प्रविधिको युगमा प्रतिस्पर्धी बनाई राख्नको लागी गरिएको अन्तरदेशीय “Teachers -Students Exchange Program” अभिभावक बर्गहरुबाट पनि सर्वाधिक रुचाईएको कार्यक्रम अन्तर्गत पर्दछ।

देशको कला संस्कृति र दक्षताको अन्तरास्ट्रियकरण गर्नको निम्ती एल. आर. आई स्कूल कलंकी काठमाण्डौको अग्रणी भूमिकालाई नेपाल सरकार,महानगरपालिका नागरिक समाज तथा सामाजिक संघ संस्थाहरु द्वारा बर्षेनी उच्च -कदर समेत भैरहेको छ।

आगामी मंगलवार नेपाल फर्कने प्रतिनिधि मण्डलले मलेशियाका अन्य प्रतिष्ठित बिद्यालयहरुको पनि अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको छ।