टिकुरी , प्युठान
यात्रुहरुको सेवा र सुबिधालाई मध्यनजर गर्दै प्युठान जिल्लाका यातायात समितिहरुले अनलाईन बुकिङ्को सुबिधालाई विभिन्न एप माध्यम बिस्तार गर्दै आएका छन् ।
गत जेष्ठ १८ गते लुम्विनी प्रदेश का पुर्व मुख्यमन्त्रि डिल्ली वहादुर चौधरि ज्यू वाट स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि. आफ्नो टिकट बुकिङ एप सार्वजनिक गर्यो।
त्यस्तै, नमस्ते प्युठान यातायात प्रा लि ले पनि आफ्नो टिकट बुकिङ सुबिधा bussewa.com, esewa, khalti apps बाट चलाईरहेको छ।
Anroid मोबाइल प्रयोगकर्ताले Swargadwari Yatayat को एप Playstore बाट डाउनलोड गर्न सक्नेछन् ।
समितिहरुले फोनको आधारमा पनि टिकट बुक गराईदिने गर्दै आईरहेका छन् ।
त्यसोत: डिजिटल एपहरुको सिस्टम प्रयोगमा ल्याए पनि यसको प्रचार गर्नु, यात्रु महानुभावहरुलाई डिजिटल साक्षरता गराउनु र सिस्टमको प्रवाहलाई पनि उत्तिकै निगरानीमा राख्नु समितिहरुको थप जिम्मेवारी देखिन्छ।