प्युठान जिल्ला ब्यापी खुल्ला नृत्य प्रतियोगितामा ३० जना विच प्रतिस्पर्धा हुने

कार्तिक १४ गतेका दिन जनज्योति सामुदायिक विकास केन्द्र प्युठानले आयोजना गर्न लागेको जिल्ला ब्यापी खुल्ला नृत्य प्रतियोगितामा ३० जना विच प्रतिस्पर्धा हुने भएको छ।
प्रतियोगिताको निर्णायक टिममा लोक संस्कृति तथा कला प्रतिष्ठान प्युठानका अध्यक्ष खिम बहादुर पण्डित, निर्णायक सदस्यहरुमा कला तथा संस्कृति विद वासुदेव पोख्रेलका साथै रंगमंचकर्मी सुलक्षणा पोख्रेल रहनु भएको छ। कार्यक्रम प्युठान नगरपालिका वार्ड न ७ मा स्थित श्री शिशु कल्याण ने रा प्रा वि टिकुरी टाकुराचौरमा आयोजना हुदैछ।


आयोजक जनज्योति सामुदायिक विकास केन्द्रले आफ्नो ४४ औ बार्षिक उत्सव मनाउने क्रममा यो प्रतियोगीता संचालन गरेको हो।