प्यूठान जिल्लामा मंसिर ९ देखि कोभिड १९ को खोप १८ बर्ष माथिका सबैलाई उपलब्ध हुने

बिजुवार ,प्यूठान
जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानले कोभिड १९ को खोप नलगाएका १८ बर्ष माथिका सबै नागरिकलाई एस्टाजेनिक खोपको पहिलो मात्रा र एस्टाजेनिका र भेरोसेल खोपको दोर्सो मात्रा लगाउन छुट भएकालाई दोर्सो मात्राको खोप उपलब्ध गराउने भएको छ ।

यस अघि स्वास्थ्यकर्मी ,पत्रकार, यातायात व्यवसायी , ६५ बर्ष माथिका उमेर समुह,बिध्यार्थी लगायतलाई भेरोसेल, जोनसोन, कोभिशिल्ड खोप लगाईसकेको जिल्ला स्वास्थ्य कार्यालयले यस पटक थप पहलमा जिल्लामा १,००,००० एक लाख एस्टाजेनिक खोप ल्याई पुर्याएको जानकारी सोमवार आयोजित एक पत्रकार सम्मेलनमा जानकारी गराएको छ।
“आफुलाई अनुकुल पर्ने प्रत्येक वडामा रहेका नियमित खोप कार्यक्रम संचालन हुने स्वास्थ्य केन्द्रमा गई खोप लगाउनु हुन हाम्रो अनुरोध छ” सुचना अधिकारी कौशल राज बैध पढ्ने कुरा डट कममा भन्नु हुन्छ यस पटकको खोप लगाउने अवसरबाट कोहि पनि छुट्नु हुदैन किन कि अव केहि समय खोप आउदैन ।

बालबालिकाको खोपको लागि पनि पहल हुदै

नेपालका सरकारी ठुला अस्पतालबाट १२ बर्ष देखि १७ बर्ष सम्मका उमेर समूहलाई दिन लागिएको फ़ाईजर नामको खोपको प्रभावकारिता हेरि जिल्लामा पनि ल्याउने पहल गर्ने कुरा निमित्त जनस्वास्थ्य प्रमुख मधुसुजन खड्का बताउनु हुन्छ ।

बालबालिकालाई प्रत्यक्ष निगरानीमा राख्नु पर्ने भएकोले जिल्लामा उचित मात्राको पूर्वाधार अभाव हुने हुदा सुरु गर्न अहिले जोखिम मानिएको छ ।

१८ बर्ष माथिका उमेर समूहलाई दिन लागिएको फ़ाइजर खोप कार्यक्रम जिल्लाका २७० खोप केन्द्रबाट सुरु हुदैछ। यो अभियान मङ्सिर ९ गते देखि १५ गते सम्म चल्नेछ।