भि एस निकेतनले गर्यो नयाँ बिद्यार्थीहरुको स्वागत

मङ्सिर २१ ,काठमाडौँ
काठमाडौँको तिनकुनेमा अवस्थित भि. एस निकेतन कलेजले कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत गरेको छ।
स्वागत समारोहमा बोल्नु हुदै क्याम्पसका संस्थापक निर्देशक डा. बबिन पोख्रेल ,क्याम्पस प्रमुख श्री रंजित पण्डितले बिद्यार्थीको सर्वांगिक विकासमा क्याम्पस सधै लागि रहने र विद्यार्थीहरुले पनि आफ्नो लक्ष्य सहित अध्ययनमा ध्यान पुर्याउनु पर्ने राय राख्नु भएको थियो।


क्याम्पस स्थापनाको २५ औ बर्ष मनाईसकेको भि एस निकेतन कक्षा ११ र १२ मा बिज्ञान ,व्यवस्थापन संगै स्नातक र स्नाकोत्तर तहका बिषयको लागि पनि उत्कृष्ट मानिन्छ।

गत मङ्सिर २१ गते शुक्रवारको दिन नेपाल प्रज्ञा–प्रतिष्ठान  कमलादीमा आयोजित एक सांस्कृतिक कार्यक्रम का बीच कक्षा ११ का बिज्ञान तथा व्यवस्थापन संकाय तर्फका विद्यार्थीहरुलाई क्याम्पस र कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुले संयुक्त रुपमा स्वागत गरेका थिए।