शिक्षा मन्त्री र युनिस्को नेपाल प्रमुख बीच भेटवार्ता,प्राथमिकता तोक्न युनिस्कोको आग्रह

काठमाडौं/९ कार्तिक-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनिस्को नेपाल प्रमुख माइकल क्राफm्बीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको हो ।

युनिस्को प्रमुख क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताएका थिए ।
‘नेपाल प्राकृतिक एवम् सास्कृति हिसाबले भरिपूर्ण देश हो,’ माइकलले भने,‘ हामी नेपालमा काम गर्न आएका हौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकता तोकोस् ।’

नेपाल सरकार र मन्त्रालयसँग सहकार्य गरी शिक्षा क्षेत्रमा काम गर्न इच्छुक रहेको क्राफ्टले बताएका थिए । मन्त्री पौडेलले युनिस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको बताए ।
‘दुईपक्षीय छलफल गरेर ठोस् कार्यक्रम तयार गछौं,’ मन्त्री पौडेलले भने, ‘नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कार्यक्रमसहित सहकार्य गर्न तयार छ ।’

मन्त्री पौडेलले शिक्षा नै सबै ढोका खोल्न माध्यम भएकाले युनेस्कोलाई लगानी गर्न आग्रह गरे । काठमाडौंको गोकणेश्वर नगरपालिका–४ मा युनिस्कोग्राम, संग्रालय बनाउने काम भइरहेको विषयमा मन्त्री र माइकलबीच छलफल भएको छ ।
भेटवार्तामा युनेस्कोका शिक्षा अधिकृत डा. बलराम तिमिल्सेना, युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारी लगायत प्रतिनिधिको सहभागिता रहेको थियो ।

source:khabareducation