“प्यूठानमा नेपाली कांग्रेसको इतिहास” नामक पुस्तक प्रकाशन हुने ।

प्यूठान,मंसिर ५
सामाजिक रुपान्तरणको लागि राजनैतिक दलहरुको ठूलो भूमिका रहने गर्छ। देश बिकासको नारा लिएर हरेक ठाऊबाट पार्टीहरु जुर्मुराउने गर्दछन्। पार्टीहरु मध्येकै नेतृत्वदायी पुरानो पार्टी नेपाली कांग्रेस प्यूठानलाई समेटिएर “प्यूठान जिल्लामा नेपाली कांग्रेसको इतिहास” नामक पुस्तक प्रकाशन हुने भएको छ।

नेपाली कांग्रेसका प्रजातन्त्र सेनानी स्व. श्री हेमराज शर्मा स्मृति फ़ाउण्डेशनले राजनैतिक परिवर्तन र सामाजिक बिकासमा नेपाली कांग्रेस प्यूठानको भूमिका खोज्दै प्यूठान जिल्लामा नेपाली कांग्रेसको इतिहास नामक पुस्तक प्रकाशन गर्न लागेको हो । पुस्तकलाई ईतिहासकार तथा अनुसन्धानकर्ता श्री कमल पोख्रेलले बढवा दिनुहुने भएको छ भने सहयोगीको रुपमा पुराना जानकार , फाउन्डेसनका अध्यक्ष ने.का पूर्व साम्सद मुक्ति प्रसाद शर्मा , शुशिला शर्मा , सामाजिक अभियन्ता हरिराम भट्ट ,पूर्व शिक्षिका पुतला शर्मा ,शालिग्राम पण्डित ,डा नम राज शर्मा , डा गोबिन्द पोख्रेल ,कमान सिंह पून,गेह राज शर्मा, बरिष्ट अधिवक्ता मेघराज भट्ट, संचारकर्मी भूवन भट्ट, खिमान सिंह रायमाझी, ने बि संघ प्यूठानका पूर्व अध्यक्ष महेश भट्ट,प्रकाश भन्डारी आदि लगायतले सघाउने हुनु भएको छ।

यो पुस्तक सिंगो नेपाली कांग्रेस बुझ्न चाहने नयाँ युवा पन्तीहरुको लागि अत्यन्तै उपयोगी हुने ठहर प्रतिष्ठानको रहेको छ। जिल्लामा हेमराज शर्मा प्रतिष्ठानको भूमिका राजनैतिक नभई सामाजिक कार्यमा रहने संस्थाका सचिव डा. नम राज शर्माले पढ्ने कुरा डट कमलाई बताउनु भएको छ।
पुस्तक चैत्र मसान्त सम्ममा प्रकाशन हुनेछ।