मङ्सिर १० ,प्यूठान
नेपाली कांग्रेसको नव निर्वाचित कार्य समितिले प्यूठान स्वर्गद्वारी क्याम्पसमा गत मङ्सिर ७ गते मतगणनाको अन्तिम समयमा भएको अप्रिय घटनालाई अंकित गर्दै , उक्त दिन स्वर्गद्वारी क्याम्पसका भौतिक संरचनाहरुमा भएको सबैखाले तोडफोडको पार्टिले पूर्ण जिम्मेवारी लिई मर्मत गरिदिने बताएको छ ।
घटना पछि बिद्यार्थीको मनोविज्ञान र पठन पाठनमा रत्तिभर असर नपरोस् भनि क्याम्पस प्रशासन संगको समन्वयमा नव गठित कांग्रेस जिल्ला कार्यसमितिले क्याम्पस खुलाउने बातावरण अघि बढाएको हो।
नेपाली कांग्रेस प्यूठानद्वारा जारी बिज्ञप्तिमा उक्त कुरा उल्लेख छ।