ग्लोवल आईएमई बैंक प्यूठान शाखाले बित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सचेतना बढाउदै

मङ्सिर १४ ,प्यूठान
नेपाल रास्ट्र बैंकको “क” वर्गमा पर्ने ग्लोवल आई एम ई बैंक प्यूठान शाखाले आफ्ना गार्हकहरुलाई सजिलो कारोवारको लागि बित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
प्यूठान,कालिका बिकास केन्द्रको सभा हलमा आयोजित कार्यक्रममा ग्लोवल आई एम ई बैंकमा आवद्द करिव १३० गार्हकहरुले मोवाईल बैंकिङ्ग मार्फत सजिलै हुने बिजुली, टेलिफोन बिल भुक्तानी , एयर लाईन्स , स्कुल क्याम्पस फी , सापटी भुक्तानी , पैसा जम्मा गरिदिने/पाउने लगायतका सुबिधाहरुको बारेमा जानकारी लिएका थिए।
कार्यक्रममा मोवाईल खाता सुरक्षा , मोवाईल बैंकिङ्ग प्रणाली द्वारा हुने सुरक्षित रकम ट्रान्सफर, समयको अत्याधिक बचत आदिको बारेमा प्रदेश/केन्द्र देखि आउनु भएका प्रशिक्षक रुपेश शर्मा ,सागर बहादुर सिंह ,सगर बास्तोलाले सहजीकरण गर्नुभएको थियो।
प्यूठान शाखा प्रमुख दिपेन्द्र के सी ले अव छिट्टै स्वर्गद्वारी नगरपालिका भिंग्रीमा आई एम ई बैंक शाखा बिस्तार गरि आफ्ना गाहकहरुलाई सहज बनाउदै लैजाने जानकारी दिनुभएको छ। पढ़नेकुरा डट कम संगको कुराकानीमा उहाले प्युठान ग्लोवल बिद्यार्थी छात्रबृती पनि छिट्टै आउने बताउनु भएको छ।
बैंकको देशभर २७ लाख भन्दा बढि गार्हक रहेका छन्।
कार्यक्रममा महिला समुह ,ब्यापारी , स्कुल क्याम्पसमा आवद्द शिक्षक, साना तथा ठुला उधमी र बिद्यार्थी हरुको उपस्थिति रहेको थियो।