मंसिर २२ ,प्यूठान खलङ्गा
सुचनामा नागरिकको पहुज पुर्याउने लक्ष्य सहित प्यूठान क्याम्पसमा सुचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम संचालन भएको छ।
प्यूठान बिकास सरोकार केन्द्र र पढ़नेकुरा संचार नेटवर्कको संयुक्त आयोजनामा संचालित उक्त कार्यक्रमलाई पत्रकार महासंघ प्यूठान र प्यूठान क्याम्पसले सहजीकरण गरेको हो। सार्वजनिक निकाय बाट नागरिकले पाउनु पर्ने सुचनाको हक सम्बन्धि अधिकारलाई कसरि प्रयोगमा ल्याउने ? र के के कुरा हरुमा सुचना माग गर्न सकिन्छ आदि बिषयको बारेमा प्रशिक्षक तथा महासंघका अध्यक्ष श्री संजय रिजालले प्रकाश पार्नु भएको थियो।
कार्यक्रममा क्याम्पस प्रमुख कल्पना खड्काले बिद्यार्थीले पढाईको अलावा आफ्नो घर, छिमेक, टोल र सुमुदायको बिकासमा सुचनाको हक सम्बन्धि अधिकार को पालना गरे सम्बन्धित निकायलाई आफ्नो काममा जवाफदेहिता र दायित्वबोध गराउन सकिने धारणा राख्नु भएको थियो।
त्यस्तै कार्यक्रममा प्यूठान बिकास सरोकार केन्द्रका प्रतिनिधि यादव कुमार पण्डितले जिल्ला बिकासमा शिक्षित समुदायकै भूमिका रहने भएकोले सुचनाको हक माग्न हिच्किचाउन नहुने बरु सुचनाको हकको बारेमा अरुलाई समेत जानकारी गराउन पर्ने कुरा राख्नु भएको थियो। स्नातक तहका बिद्यार्थीलाई लक्षित उक्त कार्यक्रम प्यूठान क्याम्पस को सभा हलमा भएको हो ।