मंसिर २८ , प्यूठान
प्यूठान बिकास सरोकार केन्द्रले जिल्ला अस्पताल प्यूठान र रेडक्रस सोसाईटी प्यूठानको समन्वयमा रक्तदान कार्यक्रम संचालन गरेको छ। जिल्ला अस्पतालमा कोहि पनि बिरामी तत्काल रगत अभावमा परि उपचारमा कठिनाई नहोस् भन्ने कामना गरि प्यूठान बिकास सरोकार केन्द्रले यो अभियान चलाएको हो।
मंगलवार प्युठान नगरपालिका टिकुरि बसपार्कमा संचालन भएको रक्तदान कार्यक्रममा जम्मा १० जनाले रक्तदान गर्नु भएको छ भने बाकि १८ जना उपस्थितले आफ्नो रक्त समुह ठेगाना र सम्पर्क नम्बर दर्ता गर्नु भएको छ। हाल जिल्ला अस्पतालको आवस्यकता हेरेर मात्र रगत झिकिएको अस्पतालका प्रतिनिधि पुरुषोत्तम रिजालले पढ़नेकुरा लाई बताउनु भएको छ। यो सहभागिताले जनमानसमा रगत झिक्दा कुनै स्वास्थ्य असर नहुने बरु व्यक्ति निरोगी हुदै जाने संदेश समेत बटुलेको रक्तदान कार्यक्रममा सहभागी तथा सरोकार केन्द्रका सदस्य दिनेश बिक्रम शाह बताउनु हुन्छ।
बढ्दो आधुनिकता संगै मानवीय धर्म र सेवा कम हुदै गैरहेको अवस्थामा प्यूठान बिकास सरोकार केन्द्रले प्यूठानको बिकासमा सरोकार राख्ने शिक्षा ,स्वास्थ्य, खेलकुद, पूर्वाधार बिकास , सुशासन कृषि आदि का क्षेत्रमा स्वयंसेवीको रुपमा अभिमुखीकरण सम्बन्धि कार्यक्रमहरु समेत चलाउदै आईरहेको छ। संस्था संग आफ्नो क्षेत्रमा विज्ञता प्राप्त व्यक्ति समुदायको लागी केहि योगदान गर्छु भनि जोडिन सक्नु हुन्छ। संस्था गैह्र नाफामुखी हो तर यसको दिगो लक्ष्य प्राप्तीका लागी सबैको साथ लिएर अघि बढिरहेको कुरा अध्यक्ष प्रनिर अधिकारी बताउनु हुन्छ ।
जिल्लाको आवस्यकतालाई हेरी सरोकारकेन्द्रले पून: रक्तदान कार्यक्रम चलाउने जानकारी कार्यालय सचिव माधव के सीको रहेको छ
संस्थाले हाल सबै क्षेत्रका प्राबिधिक विशेषज्ञ राखी १ बर्ष देखि सामाजिक काम गर्दै आईरहेको छ।
कार्यक्रममा संस्थाले जिल्लामा आपत् बिपतको बेलामा निरन्तर सामाजिक र आर्थिक सहयोग जुटाउदै आईरहनु भएका प्यूठान नगरपालिकाका दुई युवा अभियन्ता जीवन खनाल र जन कल्याण युवा क्लबका अध्क्षय बिकास पोख्रेललाई लाई समेत निरन्तर सामाजिक कार्य गरे बापत सम्मान गरेको थियो।