धनगढि , पौष १४
प्राज्ञिक क्षेत्रमा २ दशक भन्दा लामो अनुभव हासिल गरिसक्नुभएका प्राध्यापक श्री योगराज गौतम ज्यू सुदुर पश्चिमान्चल एकेडेमी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त हुनु भएको छ ।
काठमांडूको ईण्टेन्सिभ कलेज ( हाल कलेज अफ सेन्ट्रल स्टेट ) मा कार्यकारी प्रमुखको रुपमा काम गर्नु भएका गौतम संग त्रि. वि .आर आर क्याम्पस , राजधानी काठमान्डूको नोबेल एकेडेमी , एस इन्स्टिटिउट अफ म्यानेजमेन्टमा प्राध्यापक र डिल्ली बजारमा अवस्थित द टाईम्स इन्टरनेशनल कलेज ,सामाखुशीमा अवस्थित आशिर्वाद क्याम्पसमा क्याम्पस प्रमुखको रुपमा काम गरेको लामो अनुभव रहेको छ।त्यस्तै प्राध्यापक गौतमले गोल्डेन गेट इन्टरनेशनल कलेजमा ८ बर्ष लामो अवधीभर बोर्ड अफ डाईरेक्टरको रुपमा समेत काम गरिसक्नु भएको छ।
धनगढिको सुदुर पश्चिमान्चल क्याम्पस आफैमा प्रतिष्ठित क्याम्पस पनि भएकोले ब्यवस्थापन तथा प्रशासनिक काममा लामो समय देखि अनुभवी गौतमका लागी आफ्नो क्षमता पस्तुत गर्ने यो उपयुक्त अवसर मिलेको धारणा ग्लोवल कलेज अफ मानेज्मेण्टका प्रिन्सिपल डा नर बहादुर बिष्टको रहेको छ ।आफुलाई बर्तमान समयमानै केन्द्रित राखेर काम गर्न खोज्ने गौतमले Fraser Coast Anglican College, Queensland, Australia बाट Professional Career Development Training समेत लिनु भएको छ।
बिद्यार्थी ,अभिभावक संग सधै जोडिएर काम गर्न रुचाउने वाक् तथा क्याम्पस ब्यवस्थापन कलामा प्रखर गौतम अंग्रेजी विषयका प्राध्यापक हुनु हुन्छ।
सुदुर पश्चिमान्चल एकेडेमी क्याम्पस त्रिभुवन बिश्वबिध्यालयबाट सम्बन्धन प्राप्त सुदुर पश्चिमको एक उत्कृस्ट क्याम्पस मानिन्छ । हाल यस क्याम्पसमा Plus Two Science, management, Arts, law , BHM, BIM, BBS , BA , BEd,र Semester System मा MBS ,MEd पढाई हुने गर्दछ।
यस भन्दा अघि क्याम्पस प्रमुखको रुपमामा कटक बहादुर जप्रेल हुनु हुन्थ्यो।