सरकारले अनलाइनबाटै श्रम स्वीकृति जारी गरेर अध्यागमनसँग लिंक गरेपछि श्रम डेस्क हटाई अरु प्रवेशद्वारबाट पनि श्रमिक भित्र जान पाउने प्रबन्ध मिलाएको छ ।
अब श्रमिक भएकै कारण विमानस्थलमा फरक लाइन बस्नुपर्ने र श्रम डेस्कका कर्मचारीबाट अनेक खप्की खानुपर्ने अवस्था हटेको छ। ‘रेमिट्यान्सले चलेको देशको विमानस्थलकै श्रम डेस्कमा अनेक बहानामा दुःख दिइन्थ्यो’ श्रम डेस्क हट्दा बैदेशिक रोजगारमा खाडि मुलुक जाने नेपाली कामदारहरु श्रमिकमाथि सरकारबाटै हुने एउटा विभेद हटेको महसुस गरिरहरेका छन।
पहिले सरकारले विदेश जान श्रम स्वीकृति लिएकाहरुलाई छुट्टै ढोकाबाट विमानस्थल प्रवेश गराउने व्यवस्था गरेको थियो । श्रम डेस्कले श्रम स्वीकृतमा छाप लगाइदिएपछि मात्र बोर्डिङ प्रक्रिया अगाडि बढाइन्थ्यो । श्रम स्वीकृति जाँच गर्न डेस्कमा बसेका कर्मचारीले विभिन्न कागजात देखाउन लगाएर दुःख दिने गरेको समेत बारम्बार गुनासो थियो ।
ढिलै भए पनि सरकारले बैदेशिक रोजगारमा जानेहरुको स्वाभिमान संग जोडिएको कुरामा सहि निर्णय गरेको सर्वसाधारणको भनाई छ।
चालु आर्थिक वर्षको ७ महिनामा ३ लाख ५० हजारभन्दा धेरै श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरे । दैनिक सरदर २ हजार श्रमिकले श्रम डेस्कमा सास्ती बेहोर्दै आएका थिए ।
अनलाईन खवरमा समाचार छ।