प्युठान जिल्लाका केहि व्यस्त शहर तथा भित्रि गाउघरका होटेलहरु तथा किराना पसलहरुमा जानेर होस् या अन्जानमा होस् खान योग्यहुने मिति नाघेका पेय तथा खाद्य बस्तुहरुको बिक्रि वितरण हुने गरेको पाईएको छ।
लामो समय सम्म बजार अनुगमन नहुनु तथा उपभोक्ताको सचेतना पनि नहुनुको कारण जन स्वास्थ्यमा प्रतक्ष्य असर पार्ने खान योग्य मिति नाघेका अखाध बस्तु हरु पेय प्रदार्थ , बिस्कुट, चाउचाउ चिउगम ,चकलेट तथा अन्य बेकरी आईटम हरुमा यो समस्या दैनिक रुपमा देखिने गरेको छ। जिल्लामा मिति नाघेका खानेकुराले अझ बढी स्कुले बालबालिकाहरु प्रभावित भैरहेका छन्। त्यस्तै होटेल चमेना गृहहरुमा पनि खाजा नास्ता छोपेर नराख्ने , टेवल पुछेको हातले खानेकुरा सिधै छुने जस्ता अबिबेकशील त्रुटिहरु प्रशस्त मात्रामा देखिने गर्दछ।
गर्मी यामको सिजन बढे संगै जिल्लाका कोल्ड स्टोरहरुबाट उपलध गराईने बरफ,आईस्क्रिम आदि चिजहरुमा पनि थप निगरानी बढाउनु पर्ने उपभोक्ताहरुको गुनासो रही आएको छ। अभिभावक वर्गहरुले पनि अध्याधिक रंग मिर्श्रीत गुलिया मिठाईहरुको मिठासमा बालबालिकालाई भुलाउन सजिलो भएतापनि यसले स्वास्थ्यमा पार्ने दिर्घकालिन असरको बारेमा बुझ्नु जरुरी देखिन्छ।
उपभोक्ताले आफुले खरिद गर्ने बस्तुको उत्पादन मिति , म्याद सकिने मिति , बस्तुको बारेमा जानकारी लिने , लेबल टासेको हेरेर मात्र बस्तु खरिद गर्ने गरे म्याद नाघेका तथा अखाध्य बस्तुहरुलाई निरुत्साहित गरि प्युठान जिल्लामा स्वास्थ्य सावधानी अपनाउन सकिने पढ़नेकुरा संचार नेटवर्कको सुझाव रहेको छ।