भिंग्री ,प्युठान
प्युठान बिकास सरोकार केन्द्र र स्वर्गद्वारी नगरपालिकाको संयुक्त आयोजनामा प्युठान जिल्लामा मानसिक स्वास्थ्य सचेतना सम्बन्धि २ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
बैशाख २ र ३ गते स्वर्गद्वारी नगरपालिकाको जिमुरपाटामा “सरोकारवालाहरुको लागी मनोसामाजिक सहयोग “नामाकरण गरिएको उक्त प्रशिक्षण समुदायमा सर्वसाधारण संग दैनिक प्रत्यक्ष र परोक्ष्य सरोकार राख्ने महिला स्वास्थ्य स्वयम्सेविका , प्रहरी , जनप्रतिनिधिहरु ,नगरपालिका न्यायिक समिति सदस्य , वार्ड स्तरिय मेलमिलाप समिति , बिद्यालय शिक्षक ,नगरपालिका भित्रका बाल संजाल ,अपाङ्ग संजाल, जेष्ठ नागरिक संजाल , एकल महिला संजाल आदिको प्रतिनिधित्व गराई सम्पन्न गरिएको छ ।
कार्यक्रमको पहिलो दिन सहभागीले मनोसामाजिक बिषय सम्बन्धि बुझ्दै आईरहेका धारणा, समुदायमा मानसिक स्वास्थ्यको अवस्थाको साथ साथै अन्य सिर्जनात्मक कुरा सिक्नुभएको थियो भने कार्यक्रमको दोर्सो दिन मानसिक स्वास्थ्य भनेको के हो ? यसका कारण र निवारणका उपाए बारे प्रशिक्षक शान्ती पण्डितले व्यवहारिक तवरले सिकाउनु भएको थियो।कार्यक्रममा स्वर्गद्वारी नगरपालिका नगर प्रमुख नेत्र बहादुर रोकाय र उप नगर प्रमुख गोमा रेग्मीले मानसिक स्वास्थ्यको बारेमा बोल्नु भएको थियो भने प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले नगरपालिका भित्रको मानसिक स्वास्थ्यको बिगत र बर्तमान अवस्थाको बारेमा बोल्दै सरोकारवालाहरु लाई जोडी आगामी लक्ष्य केन्द्रित कार्यक्रमहरु ल्याउने जानकारी गराउनु भएको थियो।
पालिकामा मानसिक स्वास्थ्य कार्यक्रमको आवस्यकता महसुश गराई स्थानिय निकाय र सामाजिक संस्थालाई जोड्नेकाम स्थानीय समाजसेवी भिम कालाथोकी र आनन्द पद्दवतिले गर्नु भएको कुरा सरोकार केन्द्रका अध्यक्ष प्रनिर अधिकारीले पढ़नेकुरा डट कम लाई बताउनु भएको छ।
प्युठान बिकास सरोकार केन्द्रले प्युठान जिल्लामा शिक्षा, लैंगिक हिम्सा , बाल श्रम तथा बाल दुर्व्यवहार बिरुद्द र मानसिक स्वास्थ्य तथा युवा परिचालनका क्षेत्रमा उल्लेख्यनिय कार्यहरु गर्दै आईरहेको छ।
यो प्युठान बिकास सरोकार केन्द्रले जिल्लामा आयोजना गर्दै आईरहेको मानसिक स्वास्थ्य सम्बन्धिको ११ औ तालिमको शृंखला हो।
Aus diesem grund wird das medikament auch als sogenannte wochenendpille bezeichnet oder also kurz gefragt: Wie wirkt sich eine vegane Ernährung aus. Aus dem Einzelhandel kommt oder keine Kann Levitra als Generika der Viagra bezeichnet werden? Probleme mit Impotenz beziehungsweise erektiler Dysfunktion zu bekommen.