आचारसंहिताविपरीतका प्रचार सामग्री उत्पादन तथा बिक्रीवितरण नगर्न उद्योगहरूलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले नेपाल उद्योग वाणीज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सलाई आफ्नो संरचना र मातहतका उद्योग र संघलाई आचारसंहिताले निषेध गरेका कुनै पनि वस्तु उत्पादन तथा बिक्रीवितरण नगर्न तथा नगराउन निर्देशन दिएको हो।
Es muy importante que entre terapeuta y también otros medicamentos pue de n interferir en el f un cionamiento de Lovegra. Además, es importante farmaciaspain24 tener bien presentes los trámites legales correspondientes.
‘निर्वाचन आचारसंहिता, २०७८ ले निषेध गरेका निर्वाचन प्रचार सामग्रीको उत्पादन तथा बिक्रीवितरण तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सलाई आफ्नो संरचना, मातहतका उद्योग र संघलाई त्यस किसिमका कुनै पनि सामग्रीहरू उत्पादन नगर्न नगराउनका लागि आयोगले विज्ञप्तिमार्फत अनुरोध गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।
सबै स्थानीय तहमा खुले निर्वाचन कार्यालय
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर आयोगले बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताए। सबै निर्वाचन कार्यालयहरूले आयोगले दिएको कार्यतालिकाअनुसार काम सुरु गर्ने पनि उनले बताए। आयुक्त भण्डारीले निर्वाचन आयोगले निर्वाचनका लागि गर्नुपर्ने व्यवस्थापनका सम्पूर्ण कामहरू पूरा गरिसकेको उल्लेख गरे।
‘आजबाट हाम्रो सबै ७५३ स्थानीय तहमा निर्वाचन कार्यालयहरू खुलिसकेका छन्। यसको तात्पर्य सबै निर्वाचनको माहोलमा सहभागी हुनुहुने मतदाता, उम्मेदवार र त्यसलाई सहयोग गर्ने सबै समुदाय आजबाट निर्वाचनमा होमियो,’ उनले भने, ‘आयुक्त भण्डारीले निर्वाचनको सम्बन्धमा कुनै प्रकारको सुरक्षा चुनौती नभएको बताए। सरकारको सुरक्षा निकायले निर्वाचन सफल पार्नका लागि पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गराउने उनले विश्वास व्यक्त गरे।
निर्वाचन सामग्रीहरू सबै स्थानीय तहहरूमा समयमै पुर्याउने उनले बताए। उनले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन आयोग लागेको भन्दै सरोकारवाला सबैलाई आचारसंहिता पालना गर्न आग्रह पनि गरे।
nayapatrika