उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले १० वैशाखमा आठौं महिला युवा उद्यमी सम्मेलन २०२२ आयोजना गर्ने भएको छ ।
संस्थाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन (वाइइएसडब्लु) आफ्नो एक गौरवशाली कार्यक्रमको रुपमा आयोजना गर्दै आएको र १० वैशमखमा त्यसलाई निरन्तरता दिन लागेको जनाएको छ ।
सम्मेलनमा कृषि, निर्माणकार्य, शारीरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला युवा उद्यमीहरुको सहभागिता रहने मञ्चले जनाएको छ । यो वर्ष व्यवस्थित र योजनावद्ध वाईईएसडब्लू–२०२२ का साथ उक्त कार्यक्रमको नारा बियोन्ड ब्यारियर्स अर्थात् अवरोधभन्दा पर राखिएको उल्लेख छ ।
अन्तर्राष्ट्रिय मजदुर संगठन (आईएलओ), राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स तथा अन्य प्रायोजकद्वारा उक्त कार्यव्रmमको प्रायोजन गरी कार्यक्रम सफल बनाइनेछ । सो कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको मञ्चको भनाइ छ ।
कार्यक्रममा आमाको अचारको तर्फबाट संगीता पाण्डे, महिला उद्यमी महासंघका अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विदुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुँवरले आफ्ना अनुभव, कार्यशाला तथा सारगर्भित मन्तव्य व्यक्त गर्नेछन् ।
महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाँ उद्धमहरुमा बिहे–नेपाल, एडुकेस, माकुसे र सुइरो आदि समेत को सहभागी रहने पनि मञ्चले जनाएको छ ।
source: karobardaily