माण्डवी मा बि ले मनायो आफ्नो स्थापनाको ६३ औ बार्षिकोत्सव

असोज २ ,
माण्डवी -३ नयाँ गाउँ , प्युठान
प्युठान -माण्डवी गाउपालिकामा अवस्थित माण्डवी मा बि ले आफ्नो स्थापनाको ६३ औ बार्षिकोत्सव तथा १८ औ अभिभावक दिवस भब्य तरिकाले मनाएको छ।

Mandawi Secondary School Program , 63rd Anniversary and 18th Parents Day Program (Pyuthan )

बार्षिक उत्सव कार्यक्रमको अवसर पारेर विद्यालयले शिक्षा क्षेत्रमा लामो समय देखि योगदान पुर्याउदै आउनु भएका व्यक्तित्वहरुलाई कदर पत्र सहित सम्मान गरेको छ। साथै आफ्नो बार्षिक परिक्षामा उत्कृस्ट नतिजा ल्याउने बिद्यार्थी र बिद्यालय आन्तरिक तथा प्रदेश स्तरीय खेलकुद कार्यक्रमका बिजयी बिद्यार्थी हरुलाई नगद पुरुस्कार र प्रमाण पत्र सहित सम्मान गरेको थियो।
माण्डवी गाउपालिका अधक्ष्य बाट दिप प्रज्वलन गरि उद्घाटन भएको उक्त कार्यक्रम बिधालय सह -प्रधानाध्यापक मिन बहादुर पुनद्वारा अतिथिहरुलाई स्वागत गरि सुरु भएको थियो। कार्यक्रममा शिक्षा बिकास तथा समन्वय प्रमुख शिव राज पण्डित , माण्डवी गाउपालिका उपाध्यक्ष पूर्ण कालाथोकी ,गा पा शिक्षा शाखा प्रमुख तुलसी कार्की, बिधालय व्यवस्थापन समिति, अभिभावक संघ , तथा अन्य बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा बिद्यालय प्राधानाध्यापक श्री मेघ राज पौडेलले बिधालयको बार्षिक प्रतिबेदन र बिधालय अभिभावक संघका अधक्ष्य तुलसी राम के सी ले सामाजिक परिक्षण प्रतिबेदन पस्तुत्त गर्नु भएको थियो।

School Principal Megh Raj Poudel , Sharing Annual Progress Report


कार्यक्रममा बिधार्थी हरुको ८ /९ वटा समुहले नित्य , नाटक तथा गित पस्तुत गरेका थिए।
समारोहमा गाउँ पालिका अधक्ष्य, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख , बिद्यालय व्यवस्थापन अधक्ष्य तथा अन्य बुद्दिजिवि सर्कलले बिधालयको चौतर्फी बिकासमा आफ्नो सधै साथ् रहने प्रतिबद्दता व्यक्त गर्नु भएको थियो। कार्यक्रम माण्डवी गाउपालिका बिद्यालय परिसरमा सम्पन्न भएको थियो ।

बिद्यालय जिल्लाको नमुना बिधालयको रुपमा पस्तुत हुदै आईरहेको छ।