प्रविधिमा जानु पर्छ भन्दै झिमरुक क्याम्पसले मनायो शिक्षा तथा साक्षरता दिवस

भाद्र २३ , बाग्दुला प्युठान
पढ़नेकुरा संवाददाता
प्युठानको झिमरुक बहुमुखी क्याम्पसले सेप्टेम्वर ८ को दिन मनाईने विश्व साक्षरता तथा रास्ट्रीय शिक्षा दिवस अन्तर क्याम्पस स्तरीय बक्तित्वकला प्रतियोगिता सम्पन्न गरि मनाएको छ।
त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धन प्राप्त स्नातक तहमा व्यवस्थापन संकाय पढाई हुने यस क्याम्पसले शिक्षा दिवसको अवसरमा “प्रबिधिमैत्री शिक्षा आजको आवस्यकता “ शिर्षकमा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको हो। स्नातक तहका करिव ५५ जना बिद्यार्थीहरु सामेल भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख नागेश चन्द्र सुबेदीले बिद्यार्थीले बिज्ञान प्रविधिको प्रयोग गर्दै आफ्नो शिक्षाको दायरा बढाउनु पर्नेमा जोड दिनु भएको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा क्याम्पस प्राध्यापकहरु पोम बहादुर पुन,लालमणि पन्थी र दिपेन्द्र के. सी को भूमिका रहेको थियो। जम्मा ७ जना प्रतिस्पर्धी रहेको उक्त प्रतियोगितामा इन्कला गिरि र सिर्जना नेपाली ले प्रथम स्थान, दोर्सो र तेर्सो स्थान क्रमश: कमल रोका र शरद थापा ले प्राप्त गर्नु भएको जानकारी क्याम्पस सुचना अधिकारी शान्त राज सुबेदीले पढ़नेकुरा संचार नेटवर्कलाई बताउनु भएको छ।

क्याम्पसले आफ्नो बार्षिक क्यालेण्डरमा पढाईको अलावा बिध्यार्थिलाई सहयोग पुर्याउने बिबिध व्यवसायिक तथा सिर्जनात्मक कार्यक्रमहरु जोड्दै लगेको सुचना अधिकारी सुबेदि बताउनु हुन्छ।

आजको यस कार्यक्रमको सहजीकरण बिद्यार्थी नबिन महतराले गर्नु भएको थियो।

Students photo session after Prize Distribution Program with campus Chief Nagesh Chandra Subedi
Participant
,पोम बहादुर पुन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै
Students of Jhimaruk Multiple Campus , 4 years BBS Program