LRI स्कुल द्वारा बिपन्न बर्गका बिद्यार्थी हरुको लागी शैक्षिक सामग्री हस्तान्तरण

भाद्र २४ ,काठमांडू

LRI स्कुलले नेपालमा रहेका ग्रामिण तथा बिपन्न बर्गका विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन कुटुम्ब ब्याण्ड संग सौहार्द सहकार्य गरेको छ।
देश भित्र ग्रामिण भेगमा रहेका अति न्युन आय भएका बिद्यार्थी हरुलाई पाठ्यसामग्री हरुमा सहयोग पुगोस
भन्ने अभीप्रायले कुटुम्ब ब्याण्डले Save The Children को सहयोगमा School To School कार्यक्रम जोड्दै लगेको हो।

शहरका बिभिन्न बिद्यालय बाट पाठ्यसामग्रीहरु जम्मा गरी गाउँका अति बिपन्न परिवारका गरीब बिद्यार्थी लाई सो सामग्री
सहयोग गर्ने कुटुम्ब ब्याण्डका सन्चालक हरुले जानकारी दिनु भएको छ ।


एल आर आई बिद्यालय ब्यबस्थापन समितिकि अध्यक्ष श्रीमती यशरेखा पन्त ज्युको अध्यक्षतामा भएको सो प्रस्तुतीमा कुटुम्ब
ब्याण्डले नेपालका चर्चित गीत हरुका संगीत प्रस्तुत गरेका थिए ।बिधालयको तर्फबाट शैक्षिक सामाग्री हस्तान्तरण गर्दै यस्ता कार्यक्रमको आयोजना बाट एकातिर बिद्यार्थीहरुको संगीत प्रतीको रुची बढनुका साथै अर्को तिर समाजसेवा प्रती सकारात्मक प्रभाब परी बिद्यार्थीहरुलाई उत्प्रेरणा मिल्ने अध्यक्ष पन्तले बताउनु भएको छ ।


LRI स्कुल का NCC तालिम प्राप्त बिद्यार्थी हरुले आफ्नो परेड प्रस्तुत गरी सुरु भएको सो कार्यक्रममा पन्चकन्या द्वारा
खादा लगाइ बिद्यालयका प्राचार्य डा. देवकान्त जोशीले कुटुम्ब ब्याण्डको टिम लाई स्वागत गरेका थिए ।
बिद्यालयले आफ्ना बिद्यार्थीबाट जम्मा गरिएको र बिद्यालयद्वारा उपलब्ध गराइएको पाठ्यसामग्रीहरु
बिद्यालयका गुठियार श्रीमती यशोधरा पन्त ज्यु ,LRI Interact Club र The LRI Student Council द्वारा सयुक्त
रुपमा कुटुम्ब ब्याण्ड लाई हस्तान्तरण गरेका थिए । कुटुम्ब ब्याण्ड ले गर्दै आइरहेको सो सेवामुखी कार्यक्रमले
बिपन्न बर्गका बिद्यार्थी हरुलाई धेरै राहत पुग्ने गुठियार श्रीमती यशोधरा पन्तले बताउनु भयो ।


शैक्षिक गुठी अन्तरगत सन्चालित यो बिद्यालयले यस्ता परोपकारी तथा सामाजिक उत्तरदायीत्वका कार्यक्रम मा
निरन्तर सहभागिता जनाउदै अहम भूमिका खेल्दै आइरहेको बिद्यालय का प्रसासकिय प्रमुख दिपक जोशीले पढ़नेकुरा संचार नेटवर्कलाई जानकारी दिनु भयो ।
कुटुम्ब ब्याण्ड एक नेपाली लोक वाद्य ब्यान्ड हो। यो ब्यान्डले बाँसुरी, सारङ्गी, मादल, तुङ्गना, ढोल,
झ्याम्ता, अर्बाजु, धिमे, ध्यानग्रो, डम्फु, खिन र गायन कटोरा जस्ता नेपाली परम्परागत वाद्ययन्त्रहरू मात्र
प्रयोग गर्दछ।