नवौ एल.आर.आई. बास्केटबल तथा फुटसल फेस्ट सम्पन्न ,द टाइम्स कलेज र ह्वाइट हाउसले ले पाए प्रथम उपाधि

माघ १९ ,कलंकी ,काठमाण्डौ

नवौ एल.आर.आई. बास्केटबल तथा फ़ुट्सल फेस्ट २०७९ को उपाधि द टाइम्स इन्टर्नेशनल र ह्वाइट हाउस कलेजले हात पारेका छन्।
एल.आर.आई.स्कुलको खेलमैदानमा आज आयोजना भएको फाईनल खेलमा टाइम्सले सि.सि.आर.सि.लाई ७६ –५२ को फराकिलो अन्तरले पराजित गर्दै बास्केटबलमा उपाधि हात पारेको हो ।
त्यस्तै, फुटसलको फाइनल खेलमा ह्वाइट हाउस कलेज विजयी भएको छ । ह्वाइट हाउस कलेजले, के.सि.सि.एस.लाई ४–२ अन्तरले पराजित गर्दै विजयी भएको हो । बास्केटबलको उत्कृष्ट खेलाडी अवार्ड टाइम्सका पारस के.सि. तथा फुटसल तर्फको उत्कृष्ट खेलाडी अवार्ड ह्वाइट हाउसका समिर वनले प्राप्त गरेका थिए । सो प्रतियोगितमा २० वटा कलेजको सहभागिता रहेको थियो ।

बास्केटबलको उत्कृष्ट खेलाडी अवार्ड लिदै द टाइम्स इन्टर्नेशनल कलेजका पारस के.सि.


कार्यक्रमका प्रमुख अतिथि नागार्जुन नगरपालिकाका उप–प्रमुख श्रीमती सुशिला अधिकारीले प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाइ क्रमशः नगद रु २४००० तथा १२००० र मेडल, ट्रफी सहित सम्मान गर्नु भयो । उप–प्रमुख अधिकारीले एल.आर.आई.स्कुले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रको लागि निकै ठुलो योगदान पु¥याउदै आएको बताउनु भयो । उहांले राष्ट्रको शैक्षिक विकासमा निजी क्षेत्रका स्कुलका योगदानको चर्चा गर्दैे एल.आर.आई. मुलुककै नमुना स्कुल भएको बताउनु भयो ।

बास्केटवल टुर्नामेण्टमा दित्तीय स्थान हासिल गरेको सि.सि.आर.सि.लाई ट्रफी हस्तान्तरण गर्दै नागार्जुन नगरपालिका उप प्रमुख श्रीमती सुशिला अधिकारी

एल.आर.आईका प्राचार्य डा. देवकान्त जोशीले व्यस्त शैक्षिक क्यालेण्डरका बावजुद कलेज तथा स्कुलहरुले प्रतियोगितामा सहभागीभई एक आपसमा ऐक्यबद्धता तथा स्वस्थ प्रतिस्प्रधाको भावना तथा मान्यता स्थापित गर्न सफल भएको बताउनु भयो । साथै उहाले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

उच्च मा.वि.का संयोजक ध्रुब खडकाले विद्यार्थीको समग्र विकासमा यस्ता खेलकुद प्रतियोगिताले सकारात्मक प्रभाव पार्ने बताउदै आगामी दिनमा अतिरिक्त क्रियाकलापलाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनु भयो । स्कुलले विगत लामो समय देखी विद्यार्थीहरुमा लुकेको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिता आयोजना गर्दै आएकोमा कोभिडका कारण निरन्तरता दिन नसकिएको बताउदै समयानुकुल प्रतियोगितालाई निरन्तरता दिने स्कुलका प्रमुख प्रशासकिय अधिकृत दीपक जोशीले बताउनु भयो ।

कार्यक्रममा सांस्कृतिक नृत्य देखाउदै एल आर आईका बिद्यार्थीहरु


राष्ट्रकालागि खेलकुद क्षेत्रमा राम्रो खेलाडीहरु उत्पादन गर्न विद्यालय तथा कलेजहरु अतिनै उर्बर माध्यम भएकोले स्कुलले विद्याथीैहरुको अध्ययनमा बाधा नपुग्ने गरी फुटसल, क्रिकेट, बास्केटबल, भलिबल, ब्याटम्यान्टिन, टेबुलटेनिस, चेस, एरोबिक्स लगायतका बिधामा अभ्यास गराई रहेको अतिरिक्त क्रियाकलापका संयोजक जयराम खड्काले बताउनु भयो ।

Futsal Runner Up Students of Kathmandu Central State College, Solateemode ,KTM
कार्यक्रममा सांस्कृतिक नृत्य मार्च पास देखाउदै एल आर आईका बिद्यार्थीहरु

कार्यक्रममा अतिथिको रुपमा नेपाल शिक्षा डट कमका निर्देशक यादव कुमार पण्डित र रेडियो अन्नपूर्ण मिडिया नेटवर्क बाट शैक्षिक शन्दर्भ कार्यक्रम निर्माता सुरज पौडेलको पनि बिशेष उपस्थिति रहेको थियो।

https://www.lrischool.edu.np/edusystem