जेष्ठ ३२ गते देखि असार ३ गते सम्म संचालनमा आउन लागेको “कान्तिपुर हिसान शैक्षिक मेला २०८०” उद्घाटन भएको लगत्तै दोस्रो दिन असार १ गते शुक्रवार देखि स्थगित भएको छ।
काठमान्डौ महानगरपालिकाको निर्देशनमा कक्षा १० र १२ को बार्षिक परिक्षाको नतिजा अगावै शैक्षिक संस्थाहरुले प्रि रजिस्ट्रेसन को नाममा अग्रिम बिद्यार्थी बुकिङ्ग गर्न लागेको भन्दै महानगरले मेला स्थगित गर्न लगाएको हो।
त्यसो त आयोजकले भने शिक्षा मन्त्रालयको स्वीकृति अनुरुप शैक्षिक मेला संचालन गर्न लागेको बताएपनि विद्यालय तह स्थानीय तहको अधिकार क्षेत्र भित्र पर्ने हुदा केन्द्रको स्वीकृति र महानगरको बिमति बाझिएकोले जेष्ठ ३२ गते देखि असार ३ गते सम्म चल्ने भनिएको शैक्षिक मेला आयोजकहरुको तर्फबाट अर्को सुचना नआउन्जेल सम्मको लागी स्थगित भएको हो।