जापान सँग जोडिदै एल. आर. आई स्कूल

ओकिनावा, जापान

ओकिनावा शिक्षा विभागको मैत्रीपूर्ण निमन्त्रणामा भाद्र १३ गते जापान पस्थान गरेको एल.आर.आई स्कूल काठमान्डौको प्रतिनिधि टोलिले जापानको OKINAWA PREFECTURAL EDUCATION BOARD, र OKINAWA PREFECTURAL CHATAN SENIOR HIGH SCHOOL संगको सहकार्य अघि बढाएको छ।

प्राज्ञिक क्षेत्रमा अन्तरास्ट्रिय सम्बन्धलाई दरिलो बनाउदै आईरहेको एल. आर. आई स्कूल संग जापानको ओकिनावा शिक्षा विभाग सहकार्य गर्न ईच्छुकभै बिद्यालयले भाद्र १३ देखि भाद्र २२ गते सम्मको जापान भ्रमण कार्यतालिका तय गरेको हो।

भ्रमण टोलीको नेतृत्व स्कूल संस्थापक गुठियार श्रीमती यशोधरा पन्तले गर्नु भएको छ। टोलीमा प्राचार्य देवकान्त जोशी र प्रशासकीय प्रमुख दिपक जोशी समेत हुनुहुन्छ। टोलीलाई ओकिनावा शिक्षा विभागका प्रमुख साकिया कोया र अन्य सदस्यहरु द्वारा हार्दिकता पूर्वक स्वागत गरिएको छ।

ओकिनावा शिक्षा  विभाग जापानले एल. आर. आई विद्यालयलाई आधार बनाएर नेपालका ग्रामिण भेगका  बिधालय तथा स्कूले बालबालिकाहरुलाई सहयोग पुर्याउने मौखिक सहमति भएको छ।  कार्यक्रममा  बिधालयका प्राचार्य डा. देवकान्त जोशीले ओकिनावाका शिक्षा विभागका पदाधिकारी हरुका बिचमा नेपालको शिक्षा नीतिका बारेमा कार्यपत्र पस्तुत गर्नुभएको थियो। दुवै पक्ष बिचको भेटमा विद्यार्थी शैक्षिक आदान -प्रदान र शिक्षकहरुका बिचमा अनुभव साटासाट गर्ने मौखिक सहमति भएको छ।

नेपाली प्रतिनिधि मण्डलले ओकिनावा शिक्षा विभाग र OKINAWA PREFECTURAL CHATAN SENIOR HIGH SCHOOL द्वारा संचालित करिव -करिव २ लाख पुस्तकहरु संकलित आधुनिक पुस्तकालयको भ्रमण समेत गरेको छ। सो पुस्तकालयमा विभिन्न देशहरुका बुक कर्नरहरु रहेका र एल. आर. आई विद्यालयले पनि नेपाल सम्बन्धि पुस्तकहरु उपलब्ध गराएमा नेपाल बुक कर्नर पनि जोड्न सकिने जानकारी ओकिनावा शिक्षा बिगागले भ्रमण टोलीलाई गराएको छ । एल. आर. आई ले नेपालको बुक कर्नर पनि राख्ने र सो पुस्तकालयमा बुक कर्नर राख्न पाउने अवसरले देशको प्रतिष्ठा बढाउन टेवा मिल्ने भ्रमण टोलीका सदस्य दिपक जोशी बताउनु हुन्छ।

भ्रमण मण्डलले ओकिनावा टिमलाई नेपाल भ्रमणको निम्तो समेत दिएको छ। 

OKINAWA PREFECTURAL CHATAN SENIOR HIGH SCHOOL को जापानी प्रतिनिधि टोलि छिट्टै नेपाल आई एल. आर. आई बिद्यालयसंग विद्यार्थी आदान प्रदान गर्ने हेतु आपसी सम्झौतामा हस्ताक्षर गर्ने समेत सहमति भएको छ । 

 विश्वका करिव १७ -१८ वटा देशका बिद्यालय हरु संग आफ्ना बिद्यालयमा अध्ययनरत बिध्यार्थीहरुलाई ग्लोवल सिटिजनको अवधारणा उत्प्रेरित गर्ने अभिप्रायले आपसी सम्झौता गरेको उक्त टोलीका सहभागी बिद्यालय प्रमुख प्रशासकीय अधिकृत दिपक जोशीले पढ़नेकुरा संचार नेटवर्क लाई जापान देखि टेलिफोन सम्पर्कमा बताउनु भएको छ।

एल. आर .आई स्कूलको आफ्ना विद्यार्थीलाई विश्व चिनाउने र बिज्ञान तथा सुचना प्रविधिको युगमा प्रतिस्पर्धी बनाई राख्नको लागी गरिएको अन्तरदेशीय “Teachers -Students Exchange Program” अभिभावक बर्गहरुबाट पनि सर्वाधिक रुचाईएको कार्यक्रम अन्तर्गत पर्दछ। देशको कला संस्कृति र दक्षताको अन्तरास्ट्रियकरण गर्नको निमिति एल. आर. आई स्कूल कलंकी काठमाण्डौको अग्रणी भूमिकालाई नेपाल सरकार,महानगरपालिका नागरिक समाज तथा सामाजिक संघ संस्थाहरुद्वारा बर्षेनी उच्च -कदर समेत भैरहेको छ।

आगामी शुक्रवार नेपाल फर्कने प्रतिनिधि मण्डलले जापानका अन्य प्रतिष्ठित बिद्यालयहरुको पनि अध्ययन भ्रमण गर्ने कार्यक्रम  रहेको छ।