व्यवस्थापन र आईटि का अमेरिकन डिग्रीलाई नेपालमै सुलभ बनाउदै Model Institute of Technology (MIT)


असोज ११ ,काठमाडौँ

Model Institute of Technology (MIT), बागबजार, काठमाण्डौले International American University (IAU) बाट सम्बन्धन प्राप्त स्नातक तहमा BBA, BIT र स्नाकोत्तर तहमा MBA का कार्यक्रमहरु सार्वजनिक गरेको छ।

Hotel Marriott नक्सालमा सम्पन्न Academic Leadership Summit 2023 एवम् MIT Launching Ceremony कार्यक्रममा अमेरिकाका लागि नेपाल सरकारका पूर्व राजदुत डा. अर्जुन कार्की र अध्यक्ष श्री सुरेन्द्र सुबेदीले संयुक्त रुपमा Model Institute of Technology (MIT) को उद्घाटन गर्नु भएको हो।

उद्घाटन कार्यक्रममा अध्यक्ष सुवेदीले विदेशिने विद्यार्थीको आँकडा प्रस्तुत गर्दै ती युवा जनशक्तिलाई नेपालमै विश्वस्तरको शिक्षा प्रदान गरी स्वेदशमा अवसर प्रशस्त गर्न सकिने विचार राख्नु भयो । गुणस्तरीय शिक्षा केहि महँगो हुने तर यसले देशलाई दीर्घकालीन सहयोग गर्ने तर गुणस्तरहीन शिक्षा सस्तो भएता पनि यो कालान्तरमा महँगो पर्न जाने विचार राख्नु भयो । यसका लागि नेपाल सरकार, शिक्षाविद्ध, बुद्धिजीवि, उद्योगपति, व्यापारी तथा सवै व्यावसायीहरुबाट Model Institute of Technology लाई साथ र सहयोग हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा मध्य पश्चिम विश्वविद्यालयका पूर्व भाइस चान्सलर प्रा.डा. उपेन्द्रकुमार कोइरालाले “उच्च शिक्षाको आवश्यकता, समस्या तथा समाधान” विषयमा कार्यपत्र प्रस्तुत गर्दै इमान्दार भई शिक्षा क्षेत्रमा लागेमा नेपालमा सम्भावना नै सम्भावना भएको र नेपालको शिक्षित युवा जनशक्तिलाई विदेशिनबाट रोक्ने, शैक्षिक गुणस्तर विश्वप्रतिस्पर्धी बनाउने र समाजमा देखिएका चुनौतिहरुलाई परिष्कृत शिक्षण विधि अपनाउने यस्ता शैक्षिक संस्था केही हदसम्म भए पनि समाधान गर्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको वक्ताका रुपमा रहनु भएका नेपाल सरकारका पूर्व अमेरिकी राजदुत डा. अर्जुन कार्कीले आधुनिक समाजको निर्माणमा दक्ष जनशक्ति देशको अर्थतन्त्रको मेरुदण्ड भएको र देशलाई दक्ष जनशक्तिले नै विश्वसामु चिनाउने भएकोले MIT ले दक्ष, अनुशाशित तथा विश्वसमाज बुझ्ने र विश्वसमाजमा जुध्न सक्ने युवा जनशक्ति निर्माण गर्न यसले अगिंकार गरेको पाठ्यक्रम, विषयवस्तु तथा यसले संचालन गर्ने अनुसधानात्मक शिक्षण विधिले देशलाई अगाडि वढाउने विचार राख्नु भयो ।

कार्यक्रममा MIT का रामकृष्ण दाहालले आफू शैक्षिक क्षेत्रमा लामो समयदेखि लागी परेको र नेपालमा स्वदेश तथा विदेशका राम्रा विश्वविद्यालयका कार्यक्रमहरु संचालन गरी स्वदेशमै विश्वस्तरको ज्ञान र क्षमता प्रदान गर्ने उदेश्यले ] International American University (IAU) सँगको सहकार्यमा उच्च शिक्षामा व्यवस्थापन र आइटीका कार्यक्रमहरु सर्व सुलभ शुल्कमा विभिन्न छात्रवृत्ति सहित नेपालमै गर्न लागेको जानकारी गराउँदै Model Institute of Technology (MIT), बागबजार, काठमाण्डौले BBA र MBA मा नयाँ भर्ना समेत खुलाएको र सवैको साथ सहयोगको अपेक्षा राखेको जानकारी गराउनु भयो ।

कार्यक्रम समापन गर्ने क्रममा केएसी नेटवर्कका अध्यक्ष एवं MIT का संचालक रामेश्वर अर्यालले अध्ययनको क्रममा विद्यार्थीहरुले अमेरिकी उच्च शिक्षा नेपालमा नै पुरा गर्न सक्ने साथै अध्ययन वाँकी भएमा अमेरिका नै गई सो अध्ययन पुरा गर्न सक्ने तथ्य प्रस्तुत गर्दै आगन्तुक सवै पाहुना हरुलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।कार्यक्रममा झन्डै ३०० जतिको उपस्थिति रहेको थियो।

बिदेशी बिश्वबिद्यालयका कोर्षहरु पढाउने क्याम्पसहरुको बिचमा Model Institute of Technology (MIT) को International American University (IAU) को पढाईलाई बिशेष रुपमा हेरिएको छ।