आईसीटी अवार्डका लागि उत्कृष्ट १२ स्टार्टअप छनोट 

काठमाडौँ — आईसीटी अवार्ड २०२३ को छनोट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृष्ट १२ स्टार्टअप बिजेनस छानिएका छन् । लिभिङ विथ आईसीटीको आयोजनामा भएको अवार्ड छनोटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन र उत्कृष्ट १४ प्रडक्टहरू सार्वजनिक भएका हुन् । 

छनोट प्रक्रिया अन्तर्गत अब स्टार्टअप एण्ड आइडिया फेस्ट, प्रिजेन्टेसन र स्पिड डेटिङ सेसनमा यी १२ स्टार्टअप सहभागी हुनेछन् । उक्त सेसनबाट उत्कृष्ट ५ को छनौट भएर पब्लिक भोटिङ सञ्चालन हुनेछ । विधा ए अन्तर्गत स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ को छनोट प्रक्रिया जारी छ ।

उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजिज प्रालि, भोजमाण्डु फुड प्रालि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, लेन्समी अप प्रालि, नेपाट्रोनिक्स इन्जिनियरिङ सोलुसन प्रालि, क्विकफक्स कन्सल्टिङ प्रालि, रासन टेक्नोलोजिज प्रालि, स्टेलर कम्प्युटर सिस्टम प्रालि, टास्क सेवा प्रालि, अपटाउन प्रालि र यार्सा टेक प्रालि छन् ।

यस्तै उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनमा ब्ल्यांकसर, ब्लकचेन नेटवर्क फर ई–गभर्नेन्स, क्याटल मोनिटरिङ सिस्टम, डिजाइन एण्ड फ्याब्रिकेसन अफ इलेक्ट्रिक थ्री हिृवलर, ड्रेसन, दृश्य इपिसेन्टर होस्टिङ, इन्टर्न साथी, लोचन, ओम्निकल, प्रष्ट नेपाली, स्पिड डिटेक्सन एण्ड नम्बर प्लेट रिकग्निसन र वेयरप्लान मिरर छन् । उत्कृष्ट १४ प्रडक्टमा विधि एचआरएमएस एण्ड पेरोल सफ्टवेयर, बिस्कुन डटकम, डीजीबज, ईमेडिवेयर, फास्ट बैंकिङ, जस्टचेक, खातापाना, मनिमित्र, निजी पावर, क्विकआरपीए, सफा नेपाल, सिंगेज प्लस र यात्री पी–वान रहेका छन् ।

News From Ekantipur