नेपाल मेगा कलेजद्वारा कक्षा ११ पढ्नको लागि परामर्श कार्यक्रम सुरुवात

बबरमहल, काठमाडौ

राजधानीको केन्द्रमै रहेको नेपाल मेगा कलेजले एसईई को परीक्षा सकेर बसेका देशभरका आम बिध्यार्थीहरुको लागि कक्षा ११ र१२ मा पढाईहुने बिषय र ती बिषयहरुको थप स्कोपको बारेमा बुझाउन निशुल्क परामर्श दिन थालेको छ ।

पढ्नेकुरा सन्चार नेटवर्क सङको कुराकानीमा क्याम्पसका सह प्रध्यानाध्यापक मधुकर पान्डेले उचित परामर्शको अभावमा एसईई सकेर बसेका बिध्यार्थीलाई के पढ्ने? कहाँ पढ्ने भन्ने बारे सधै दुबिधा हुने हुँदा कलेजले उनिहरुको ईच्छा, चाहना , पढ्न चाहेको बिषयको स्कोप र घरको आर्थिक अवस्थालाई समेत मध्यनजर गरि परामर्श दिन थालेको बताउनु भएको छ।

साथै क्याम्पसले जेहेन्दार तथा आर्थिक अवस्था कमजोर हुनेहरुको लागि छात्रवृत्तिको समेत ब्यवस्था गरेको उहाँले पढ्नेकुरा सन्चार नेटवर्कलाई उद्दृत गर्दै बताउनु भएको छ।

Short video about Nepal Mega College , Babarmahal

परामर्शको लागि हरेक दिन बिहान ६ बजे देखि बेलुकी ६ बजेसम्म क्याम्पसमा सम्पर्क गर्न सकिनेछ।

नेपाल मेगा कलेज काठमाडौको बबरमहल बिजुली बजार पुल नजिक रहेको एक प्रतिष्ठित क्याम्पस हो जहाँ कक्षा ११-१२ हुँदै त्रि वि का स्नातक ,स्नातकोत्तर सम्मका बिषयहरु पढाईहुने गर्दछन् ।