असार १२,२०८१
सानोठिमी , भक्तपुर
राष्ट्रिय परिक्षा बोर्डद्वारा २०८० सालमा लिईएको माध्यमिक शिक्षा परीक्षा SEE को नतिजा असार १३ गते सार्वजनिक भएको छ।
सार्वजनिक भएको नतिजा अनुसार १८६ जनाले GPA ४ अङ्क ल्याएका छन् । भने ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै अब कक्षा ११ मा पढ्न पाउने भएका हुन् । सो परीक्षामा ५१.१४ प्रतिशत विद्यार्थी ननग्रेडेडमा परेका छन् । परीक्षामा २२१ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जानकारी दिएको छ । परीक्षामा ४ लाख ६४ हजार ७५८ जना सहभागी भएका थिए ।
परिक्षाफल देहाय बमोजिमका अनलाईन ,SMS IVR system मार्फत हेर्न सकिनेछ।