राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।
बोर्डले मौका परीक्षाको मिति भदौ २५ र २६ गतेका लागि तय गरेको हो ।
२०८१ सालको कक्षा १२ को मौका परीक्षामा सहभागी हुनका लागि २०८१ साल भदौ १४ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क वापत रु ६ सयका दरले रकम बुझाई सक्नुपर्ने सूचनामा उल्लेख छ ।
उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षार्थीहरुका लागि भदौ १८ गतेभित्र विलम्ब शुल्क सहितको रकम रु एक हजार दुई सय (रु १,२००) बुझाई सम्बन्धित विद्यालयमार्फत भदौ १९ गते कार्यालय समयभित्र रकम जम्मा गरेको भौचरसहित बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाई सक्नु पर्नेछ ।