श्रावण ३१
कलंकी ,काठमाण्डौ
एल.आर.आई. विद्यालयले आफ्नो पूर्व विद्यार्थी (सृष्टि अधिकारी) “देवी चन्द्रकला सखी”लाई एल. आर.आई. रत्न प्रदान गरेको छ ।
विद्यालयमा विद्यार्थीहरुका लागि संस्कारसहितको शिक्षा विषयक आध्यात्मिक प्रवचन कार्यक्रममा चन्द्रकला सखीलाई विद्यालयका संस्थापक गुठीयार शिव राज पन्त, गुठीयार यशोधरा पन्त तथा प्राचार्य डा. देवकान्त जोशीले संयुक्त रुपमा सो उपाधि प्रदान गर्नु भएको हो।
कार्यक्रममा बोल्दै सखीले जीवनमा सफलता हासिल गर्न आध्यात्मिक ज्ञान तथा युग सुहाउदो आधुनिक शिक्षा प्रणालिलाई सन्तुलित ढङ्गले अघि बढाउन जरुरी रहेको बताउनु भयो । गुरु कृपा भनेको सबै भन्दा ठुलो आशिर्वाद भएकोले जीवनमा हामीले सधै गुरुको सम्मान गर्नु पर्नेमा जोड दिदै आज सखीले आफुले जे जति प्राप्त गरेको छु यो सबै गुरु कृपा भएको बताउनु भयो ।
उहाँले एल.आर.आई.विद्यालयका गुरुवर्गवाट आफुले संस्कार सहितको शिक्षा प्राप्त गरेकोले आफुले प्राप्त गरेको उपलब्धिमा विद्यालयको शिक्षाको निकै ठुलो प्रभाव रहेको बताउनु भयो ।
सो कार्यक्रमा बोल्दै प्राचार्य डा.देवकान्त जोशीले देवी सखीको लगनशीलता, मेहनत, आत्म अनुशासन तथा धैर्यताको कारण सानै उमेरमा यो उचाई हासिल गर्न सफल भएको चर्चा गर्नु भयो ।
प्राचार्य जोशीले आगामी दिनमा विद्यालयले संस्कारसहितको शिक्षालाई थप प्रभावकारीढंगले अगाडि बढाउने बताउनु भयो ।
विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले निकट भविष्यमा ५दिने आध्यात्मिक शिविर आयोजना गरिने जानकारी दिनु भयो ।
चन्द्रकला सखीले एल. आर.आई.विद्यालयमा नर्सरी देखी अध्ययन गरी २०७० सालमा एस.एल.सी. परिक्षामा प्रथम श्रेणिमा उतीर्ण गर्नु भएको थियो । हाल उहाँ उच्च शिक्षा अध्ययन बेलायतवाट गर्नु हुदैछ ।
नेपालकी पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिकाका रुपमा अन्तराष्ट्रियरुपमा प्रख्यात हुनु हुन्छ ।
उहाँले पश्चिमा देशमा समेत वैदिन सनातन अनुष्ठानहरु संचालन गरी प्रचार प्रसार गर्दै आउनु भएको छ ।
एल.आर.आई.रत्न विद्यालयद्वारा मेधावी विद्यार्थीहरुलाई प्रदान गरिने सर्वोच्च सम्मान हो ।