बिजुवार, प्युठान
नेपाल टेलिकम केन्द्रिय कार्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्युठान अस्पताललाई अस्पतालमा कुरुवाहरुको लागि प्रयोगमा आउने १० थान Bed Cum Chair एक औपचारिक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ।
नेपाल टेलिकम तुलसीपुर ,दाङ्गका कार्यालय प्रमुख सन्तोष शर्मा अधिकारी सहितको टोलिले प्युठान अस्पताल ब्यवस्थापन समिति लाई उक्त सुबिधाजन्य सामाग्री हस्तान्तरण गरेको हो।
कार्यक्रममा अस्पतालका मे .सु डा. राजेन्द्र पौडेलले दातालाई धन्यवाद ज्ञापन गर्दै हाल अस्पताललाई सुत्केरीको दौरान एनेस्थेसिया गर्दा चाहिने भेण्टिलेटरको समेत आवस्यकता रहेको उल्लेख गर्नु भएको थियो। कार्यक्रमको अध्यक्षता प्युठान अस्पताल ब्यवस्थापन समिति अध्यक्ष श्री बिजय बिराज बिष्टले गर्नु भएको थियो।
यस भन्दा अघि पनि नेपाल टेलिकमले प्युठान जिल्लाका सरकारी विधालयहरुमा निशुल्क ईन्टरनेट जडान, झोला तथा शैक्षिक सामग्री वितरण आदि कार्य गर्दै आईरहेको छ। कार्यक्रममा बोल्नु हुदै अधिकारीले यो आफ्नो सुरुवाती मात्र भएको र निकट भविस्यमा जिल्लाका विकट गाउँबस्ती सम्म पुग्ने लक्ष्य राखिएको उल्लेख गर्नु भएको थियो। कार्यक्रम जिल्ला अस्पताल प्युठानमा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल टेलिकम प्युठान परिवार, प्युठान नगरपालिका प्रमुख, उपप्रमुख, प्रवक्ता सुमन राज श्रेष्ठ ,अस्पताल बिमा शाखा प्रमुख पुरुषोत्तम रिजाल, पढ़नेकुरा संचार नेटवर्कका कार्यकारी प्रमुख यादव कुमार पण्डित आदिको उपस्थिति रहेको थियो।
नगरपालिकाको तर्फबाट बोल्नु हुदै नगर प्रमुख योगीले जिल्ला अस्पताललाई पालिकाले थप सहयोगको योजना बनाई रहेको समेत जानकारी गराउनु भएको छ।
सरकारी स्कुलमा भेन्डिङ मेसिन पनि हस्तान्तरण !
सापडाडा ,प्युठान
सामाजिक उत्तरदायित्व अन्तर्गतनै नेपाल टेलिकमले प्युठान नगरपालिका – ३ स्थित शारदा माध्यमिक बिधालय सापडाडालाई भेन्डिङ मेसिन पनि हस्तान्तरण गरेको छ । जिल्लामा टेलिकमको यो सहयोगको निरन्तरतालाई वार्ड अध्यक्ष सुमन राज श्रेष्ठ, विधालय प्र.अ गेह राज अधिकारी , रास्ट्रिय बाणिज्य बैक प्रतिनिधि चन्द्रा उपाध्याय लगायतले धन्यवाद ज्ञापन गर्नु भएको थियो।