नापतौल कार्यालय नेपालगञ्जले गर्यो घोराही र तुलसीपुरको बजार अनुगमन

असोज ११
तुल्सीपुर ,दाङ्ग
दाङको घोराहि तथा तुलसीपुर बजार क्षेत्रमा उपभोग्य बस्तुको गुणस्तर तथा नापतौलको अनुगमन भएको छ ।
नापतौल कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालय दाङको सहकार्यमा असोज १० र ११ गते घोराही तथा तुलसीपुर बजार क्षेत्रमा नापतौल सम्बन्धी अनुगमन सम्पन्न भएको हो ।

अनुगमन टोलीले खाद्य पसल, सुपर मार्केट, मार्ट, मसला उद्योग, ग्यास डिपो लगायतमा अनुगमन गरी उपभोग्य वस्तुको तौल जाँच गरेको छ। सो क्रममा धेरै उपभोग्य वस्तुको परिमाण स्टाण्डर्ड नाप र तौल ऐन र नियम बमोजिम रहेको पाइएको गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख सन्तोष शर्मा पण्डित ले जानकारी दिनुभयो ।

यद्यपि केहि साबुनहरूको हकमा तौलको कमी रहेको प्रारम्भिक जाँचमा देखिएकोले प्रमाणको लागि केही नमुना नियन्त्रणमा लिइएको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी कारवाहीको प्रकृया अगाडि बढाइने जानकारी गराउनुभयो ।
बजार अनुगमनको क्रममा दाङ्ग जिल्लाका सम्बन्धित उपमहानगरपालिकाका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रतिनिधि, प्रहरी प्रशासन र पत्रकारहरुको समेत सहभागिता रहेको थियो।
यस संगै नापतौल कार्यालय नेपालगंजले लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुमा पनि यो अनुगमन चल्ने बताएको छ।