फाल्गुन ९ ,काठमाडौँ
त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत सञ्चालित बीबीए दोस्रो सेमेस्टर को बोर्ड परीक्षामा काठमाडौं मोडल कलेज (KMC) ले पुनः उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो गौरवपूर्ण परम्परालाई निरन्तरता दिएको छ। यस परीक्षामा केएमसीका विद्यार्थी शुभेच्छा नेपाल ले ४.० GPA सहित नेपाल टप गर्न सफल भएकी छन् भने निशा बस्नेत ले ३.९९ GPA सहित नेपाल दोस्रो द्वितीय (TU 2nd Topper) बन्न सफल भएकी छन्। यसैगरी, कलेजका १२ जना विद्यार्थीले ३.९ भन्दा माथि GPA ल्याई उल्लेखनीय सफलता हासिल गरेका छन्। सोहि सत्रान्तको बिबिएम तर्फ भने ३.९१ जिपिए सहित सत प्रतिशत विद्यार्थी उत्रिण हुन सफल भएका छन् ।
विश्वविद्यालयबाट निर्धारित पठ्यक्रमका अलावा विभिन्न शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको यस कलेजले शिक्षक तथा विद्यार्थीलाई विभिन्न तालिमहरू दिँदै आएको छ । विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गरी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् विद्यार्थी उत्पादन गर्न सफल यस कलेजले पठनपाठन सँगसँगै विभिन्न क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदै आएको कलेज प्रमुख सुरेन्द्र सुवेदीले बताउनु भयो । यस कलेजले केएमसी इन्नोभेसन ल्याब मार्फत विद्यार्थीहरूमा उद्यमशीलता तथा स्टार्टअप संस्कृतिको विकास गर्न विशेष पहल गर्दै आएको छ। यस पहलले विद्यार्थीहरूलाई नवीन सोच, व्यवसायिक सीप तथा उद्यम स्थापना गर्न आवश्यक मार्गदर्शन प्रदान गर्दै आत्मनिर्भर र सिर्जनशील नेतृत्व विकासमा टेवा पुर्याइरहेको छ।

शैक्षिक उत्कृष्टता, सुदृढ पूर्वाधार तथा गुणस्तरीय व्यवस्थापनका कारण काठमाडौँ मोडेल कलेज (KMC) नेपाल सरकार, शिक्षा मन्त्रालयबाट “सर्वोत्कृष्ट शैक्षिक संस्था” का रूपमा सम्मानित भएको सस्था हो । साथै यस कलेज विश्वविद्यालय अनुदान आयोग (UGC) द्वारा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाणित संस्थाको मान्यता प्राप्त गरेको सस्था भएको र यस्तो प्रकारको उत्कृस्ट नतिजा आउनुले कलेजको शिक्षण–सिकाइ प्रणाली, पारदर्शिता, शैक्षिक वातावरण र संस्थागत सुशासन राष्ट्रिय स्तरमै उत्कृष्ट भएको पुष्टि गरेको छ। काठमाडौँ मोडेल कलेजको शैक्षिक गौरवलाई थप उचाइमा पुर्याउँदै विद्यार्थीहरूको उज्ज्वल शैक्षिक र व्यावसायिक भविष्य निर्माण गर्ने प्रतिबद्धतामा कुनै कमि आउन नदिने जानकारी बिबिए तथा बिबिएम कार्यक्रम प्रमुख सागर खरेलले दिनु भयो ।
आन्तरिक गुणस्तर प्रत्यान प्रमुख ध्रुवप्रसाद तिमल्सेनाका अनुसार यस सत्रान्तको उल्लेखनीय नतिजा काठमाडौं मोडल कलेजको दीर्घकालीन शैक्षिक प्रतिबद्धता, निरन्तर उत्कृष्टता र विश्वविद्यालयस्तरमा उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने गौरवपूर्ण इतिहासको निरन्तरता हो। कलेज प्रमुख सुरेन्द्र सुवेदीले यस सफलतामा योगदान पुर्याउने विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उच्च उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वि.सं. २०६० सालमा स्थापित काठमाडौं मोडल कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमबीएस, एमए (अंग्रेजी), बीबीए, बीबीएम, बीबीएस, बीसीए तथा बीएसडब्लु कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।







