प्युठान, भौगोलिक स्थिति, कृषि तथा आधुनिक प्रविधि

Writer; Bhuwan Thapa, Pyuthan Municipality Ward No.8

भुवन थापा

प्रदेश ५ अन्तर्गत पर्ने प्युठान आफ्नै बिशिष्टता वोकेको मध्य पहाडि जिल्ला हो। करिव १,२५,९२२ हेक्टर क्षेत्रफल रहेको यस जिल्ला समुद्र सतह बाट ३५०-३६५९ मि. उचाईमा रहेको छ। कुल ९ स्थानिय तहमा बिभाजित जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरि कुल ६४ वडा रहेका छन। पछिल्लो तथ्याङ्क अनुसार कुल २,२८,१०२ यहाको जनसंख्या रहेको छ भने जनसंख्या वृद्धिदर २.१२ रहेको छ। यहाको औसत तापक्रम अधिकतम २४.१° सेल्सीयस र न्युनतम १४.८° सेल्सीयस रहेको छ जहा बर्षा १३५० मिलिऔषत हुने गर्दछ।  जिल्लाको पूर्वमा अर्घाखाँचि, गुल्मी, पश्चिममा रोल्पा र दाङ , उत्तरमा बाग्लुङ , रोल्पा र दक्षिणमा अर्घाखाँचि तथा दाङ जिल्ला पर्दछन।

 कृषिका आधारमा परिचय:-

यहाँ जिल्लाको कुल जनसङख्याको झण्डै ६१% जनताको मुख्य व्यवसाय कृषि हो र खरिव ४२८१४ हे.(३४%)  खेतीयोग्य जमीन रहेको छ। जो प्रदेश-५ मा १०% भन्दा कम हो। जसमा २२१७५ हे.(५१.८%) मा मात्र खेती गरिएको छ। कुल क्षेत्रफलको १७-१९% मात्र कृषि गरियको छ भने कुल कृषक परिवार सख्यां लगभग ४८००० रहेका छन। जिल्लामा जङ्गल क्षेत्र ७४३८१ हे., सिचाई क्षेत्र ३६३८ हे., पाखो जग्गा १५६५० हे. र खेत ६५२५ हे. रहेको छ। सिचाइका लागी सहायक नदि बाहेक जिल्लामा मुख्य झिम्रुक र माडी गरि दुई नदि रहेका छन। झिम्रुक नदि जिल्लाको प्रसिद्ध तिर्थ स्थल गौमुखी उदगम भै जिल्लाको मध्य भागबाट बग्दै आफ्नो दुबै किनारातर्फ समथर खेतियोग्य मलिला फाँटहरु सिंचाइ दिदै उत्पादनमा ठुलो टेवा पुर्याएकोले प्युठानि कृषक हरुलाई यस नदि प्रकृतिको वरदानने साबित भएको छ। र अर्को माडी नदि रोल्पा जिल्ला हुँदै आएर ऐरावतिमा आयपछि झिम्रुक नदिसँग मिसिएर राप्ती नदि बनेको छ।

प्राकृतिक वनावट, हावापानी र कृषि:-

धरातलिय हिसाबले प्युठानलाई लेकाली भेग, पहाडी भेग र बेसि भेग गरि ३ भागमा बाड्न सकिन्छ।

लेकाली भेग(२१३४ मि. भन्दा माथी) जस्तै स्याउलीवाङ, स्वर्गद्वारि, लिस्नेलेख, पुजा लेख, पन्चासे लेख जस्ता लेखहरु पर्दछन जहा शितोस्ण हावापानी पाईन्छ। अन्य उत्पादन कम हुने यस क्षेत्रमा पशुपालन- भेंडा, बाख्रा, चैारी आदि पाल्ने गरिछ! बालीमा आलु, मकै, कोदो आदिको खेती गरिन्छ।  स्याउलीवाङको ग्वाले आलु अत्नतै मिठो र जिल्ला भर प्रशिंद भयपनि उत्पादन नहुदा अभाव हुने गरेको पाईन्छ।

पहाडी भेग ( ९१५-२१३४मि ) जस्तै- नारिकोट, तुसारा, खवाङ, बाधिकोट, धुवाङ, कोचिवाङ, माझकोट जस्ता ठाउँहरु जहा समशितोस्ण हावापानी पाईन्छ यस क्षेत्रमा मकै, गहुँ, धान, कोदो, फापर,फलफुल खेती, सुन्तला, केरा, कागती, टिम्मुर, मसुरो, अदुवा, तोरि, मौरी , गाई भैंसी, बाख्रा तथा माछापालन, कुखुरा पालन, पशुपंक्षि, विभिन्न बीउ उत्पादन लगायत तरकारी खेती गर्ने गरिन्छ!

 वेंसि भेग(९१५-भन्दा होचो) जस्तै झिम्रुक, धर्मावती, मान्डवी, माडि, राप्ती, लगायत अन्य सहायक नदिहरु जहा उपोस्ण हावापानी पाईन्छ यहा विभिन्न मौसमी तथा बेमौसमी तरकारी खेती, धान, गहु, मकै, मुला, नर्सरि, मौरीपालन, माछा पालन, च्याउ खेती, कुखुरा तथा बंगुरपालन , बीउ उत्पादन लगायतका थुप्रै कृषि गर्दै आईयको पाईन्छ। यस क्षेत्रले जिल्लामा कृषि लगायत अन्य क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेल्ने गर्दछ।

प्युठानमा आधुनिक कृषि पद्धति:-

आजभोलि थोरै किसान हरुले अन्न तथा तरकारीजन्य केही कृषि प्रणालीमा आधुनिक प्रबिधि तथा सुचना प्रणालि पर्योग गर्न थालेका छन। आधुनिक कृषि खेतिले छिटो, सजिलो र उत्पादनमा वृद्धि गर्ने गर्दछ तेसैले यस तर्फ बिस्तारै किसान हरु केन्द्रीत हुँदै छन! तरपनि सबै किसान सम्म पुगेको देखिदैन। प्रबिधि को कुरा गर्दा प्युठानमा हाल विभिन्न मिनिटलर, पावरटिलर, ठूलो ट्रयाक्टर, थ्रेसर, रोटाभेटर, चाप कटर, धान काट्ने, ड्याङ बनाउने, मकै रोप्ने, मकै छोडाउने मेसिन, कम्बाईन मिलहरु, अर्थ गनर, आधुनिक भण्डारण प्रबिधि लगायतका अन्य कृषि यन्त्र प्रयोगमा आयका छन ! साथै, थोपा सिचाई प्रबिधी, हरितगृह/ प्लास्टिक टनेल, ग्रिनेट, इन्सेकनेट, ट्रे को प्रयोग, ड्याङ प्रबिधि, आदि बिस्तारै संचालनमा आउदै छन।

आधुनिक प्रणालि अन्तर्गत आधुनिक मेसिन तथा प्रबिधि प्रयोग गरिने हुँदा यसबाट खडेरि, किरा लाग्ने, भुक्षयमा कमि, विभिन्न रोग लाग्ने, अन्य हानी नोक्सानी बाट जोगाउने साथै जमीनको उत्पादकत्व बढाउन मद्दत पुग्ने गर्दछ। बालीनाली तथा पशुपालन सम्बन्धि आधुनिक तथा उन्नत प्रजनन पक्रियाको प्रयोग गर्नाले उत्पादन गुणस्तर र विस्वसनियतामा वृद्धि गर्द्छ। दुर्त र प्रभावकाली सिचाई, वाली भित्राउने प्रक्रिया, उपकरणको संचालन तथा भण्डारणका उपयुक्त माध्यम र वजार सम्मको सुलभ पहुँच आधुनिक खेती प्रणालिका विशेषताहरु हुन।

प्युठानको कुरा गर्दा बिगत केही समय देखि संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार, विभिन्न निकाय हरुले अनुदानमा कृषि प्रबिधि एवम यान्त्रिकरण वितरण गरेका छन जो यक्दम राम्रो कुरा हो। आधुनिक प्रबिधिको फाईदा हरु-

-उत्पादन छिटो

-किटाणुनाशक, झारनाशक, ढुसीनाशक, बिषिदि तथा जीव प्राविधिक उत्पादनहरुमा सहायताले वालीनालिको संरक्षण झारपात र रोगहरुको नियन्त्रण।

– माटोको परिक्षण गरि सोही अनुसार खेती गर्न सकिने।

-भण्डारण तथा यातायात प्रयोग गरि क्षतीकम गर्न सकिने।

– श्रमशक्ति कम लाग्ने र छिटो काम हुने।

-खेत बारि बाजो नरहने धेरै खेती गर्न सकिने

– बर्ष भरी गोरुपालेर सिजन आउदा मात्र जोत्ने, धेरै समय लाग्ने, धेरै दु:ख हुने गरेको छ तर मिनिटिलरको प्रयोगले छिटो, सजिलो, कम खर्च, उत्पादनमा वृद्धि हुन्छ।

धेरै फाईदा भयपनि थोरै बेफाइदा छ्न जस्तै विषादिको प्रयोगले जन-स्वास्थ्यमा असर, प्राकृतिक बास स्थान को बिनास ती बेफाइदाहरुलाई ध्यान मा राखेर काम गर्नु पर्छ।

निष्कर्ष:-

जिल्लाको भैागोलिक सम्भाव्यता र सुगमता, सिचाई, यातायात , बिजुली र बजार समेतलाई ध्यानमा राखी दीर्घकालीन कृषि योजना बनाई वाली\बस्तु पकेटको पहिचान गरि आधुनिक प्रबिधिमा कृषि गर्नु पर्ने देखिन्छ! सबैलाई प्रबिधिको पहुचमा लाउन किसान हरुलाई आधुनिक प्रबिधि एवम यान्त्रिकरण सम्बन्धि तालिम दिनु पर्दछ। साथै इमेल ईन्टरनेट लगायत विभिन्न कृषि जानकारी मुलक एप्स संचालनको दायरा भित्र ल्याई उन्नत जातका बिउपल हरुको प्रयोग गरि व्यवसाहिक कृषि तर्फ लाग्नु पर्छ। झिम्रुक नदिको दायाँ बायाँ सयौं रोपनि बगरमा नदि नियन्त्रण गरि लहरे जातका तरकारी खेती गर्न सकिन्छ!

जिल्लालाई आवश्यक पर्ने खाघान्न तथा तरकारी विउ विजन बर्सेनि बाहिरवाट लाखौंको आउने गर्दछ ती आवश्यक कुरा जिल्लामै उत्पादन गर्न सके आत्मनिर्भर हुने थियौं। साथै वितरण तथा आपूर्तिलाई उपयुक्त ढंगले व्यवस्थापन गर्न नसकेको कारण अपेक्षित प्रगति हुन सकेको छैन।

प्युठानमा कृषिलाई प्राथमिकता दिईनुका कारण जिवन यापनका लागि कृषिको अपरिहार्यता, सभ्यता, भोगोलिक बनावट मात्र नभयर दिगोपनामा यसको महत्व भयकाले पनि हो।

 श्रेात—जिल्ला कृषि विकास कार्यालय तथ्यांक पुस्तिका ०७२/०७३

लेखक जिल्लाको कृषि क्षेत्रको विकासमा क्रियाशील व्यक्ति मानिन्छन।

Facebook Comments