अमर क्याम्पसले गर्यो बि एड प्रथम बर्षका बिध्यार्थिहरुको स्वागत

असोज ३ , स्वगर्द्वारी नगरपालिका ,प्युठान

संबिधान दिवसको अवसर पारेर प्युठानको अमर क्याम्पसले बि एड प्रथम बर्षका बिध्यार्थिहरुको लागी स्वागत कार्यक्रम सम्पन्न गरेको छ। प्युठान स्वर्गद्वारी नगरपालिका ०४ मा अवस्थित त्रिभुवन बिश्वबिद्यालय द्वारा सम्बन्धन प्राप्त यस अमर क्याम्पसले असोज ३ गते संबिधान दिवसको अवसर पारेर नयाँ शैक्षिक सत्र २०७९ का लागी नव आगन्तुक बिद्यार्थी हरुलाई स्वागत गरेको हो।

नव आगन्तुक बिद्यार्थी हरुलाई स्वागत गर्दै क्याम्पस प्रमुख मधुसुदन अधिकारीले क्याम्पसले शिक्षा संकायमा हालसम्म उत्कृस्ट नतिजा ल्याईरहेको र अव शिक्षा संगै व्यवस्थापन संकायलाई पनि जोडि अमर बहुमुखी क्याम्पसको रुपमा रुपान्तरण हुन लागेको जानकारी समेत दिनु भएको छ। साथै ,उक्त कार्यक्रम मार्फत क्याम्पस प्रमुख अधिकारीले क्याम्पसलाई बहुमुखी बनाउने आफ्नो यस अभियानमा स्थानीय सरकार र सरोकारवाला निकायको पनि उत्तिकै चासो रहनु पर्नेमा जोड दिनु भएको छ।
बि एड प्रथम बर्षका बिद्यार्थी हरुलाई सिनियर बर्षका बिद्यार्थीहरुको तर्फबाट सन्दिप नेपाली , गायित्रा कालाथोकी , सरस्वति कालाथोकीले स्वागत गरेका थिए। कार्यक्रममा अतिथिको रुपमा आमन्त्रित तथा नेपाल शिक्षा डट कमका सम्पादक यादव कुमार पण्डितले बिद्यार्थी बर्गले पढाईमा रुचि बढाउदै अवको प्रतिस्पर्धी बजारलाई मापन गरि अध्ययनको दायरा बढाउनु पर्नेमा जोड दिनु भएको थियो।

बि एड प्रथम बर्षका बिध्यार्थिहरुको स्वागत कार्यक्रममा क्याम्पसका सह प्राधानाध्यापक टिकाराम शर्मा र प्राध्यापक यम राज शर्माले क्याम्पसको पठन पठान शैली, हाल पढाई हुने अंग्रेजी ,नेपाली ,जनसंख्या शिक्षा , स्वास्थ्य शिक्षा र समग्र पाठ्यक्रम हरुको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो। करिव २०० बिद्यार्थी रहेको उक्त कार्यक्रम क्याम्पस हलमा सम्पन्न भएको हो। कार्यक्रमको सभादक्ष्यता आयोजकको तर्फवाट बिन्दु रेग्मीले गर्नु भएको थियो भने कार्यक्रम संचालन बिद्यार्थी शिबराज सुनारले रमाईलो ढंगले पस्तुत गर्नु भएको थियो।
प्युठान र रोल्पा जिल्लाका बिद्यार्थीहरुको लागी समेत शैक्षिक हव बनेको यस अमर क्याम्पस २०६४ सालमा स्थापनाभै सामुदायिक तवरले संचालित रहिआएको छ। ठुलो बगैचा , प्रशस्त खेलकुद मैदान ,राम्रो भौतिक पूर्वाधारको साथै छात्रावासको समेत व्यवस्था रहेको यस क्याम्पस कक्षा १२ उत्रिण भै स्नातक तहमा शिक्षा संकाय रोज्नेहरुको लागी उत्तम गन्तव्य मानिन्छ।

Amar Campus, Bhingri ,Pyuthan