सामाजिक विकासका आधारहरु

श्रवण बैद्य, प्यूठान

अहिलेको युग भनेको सूचना र प्रविधिको युग हो। सूचना र प्रबिधि भनेको विकासको मेरुदण्ड पनि हो। अहिलेको युग मा देश विकास हुन अति आवस्यक छ तर देश त्यतिकै विकास हुदैन। शिक्षा ,संचार ,सडक संजाल ,बिधुत , खानेपानी आदि इत्यादिको समानान्तर प्रगति हुन सक्यो भने मात्र विकास अनि सम्ब्रिदी सम्भव छ।कुनै पनि काम गर्न को लागि सहि योजना बनाउनु पर्छ र त्यसलाई कार्यान्वयनमा लगि पुरा गर्नु पर्छ। देश विकास हुनको लागि सर्बप्रथम समाज विकास हुनु जरुरि छ। समाज विकास हुनु भनेको परिवर्तन हुनु हो ,समाजमा चेतना अनि सभ्यताको विकास हुनु हो।

आजको एकाइसौ शताब्दीमा सूचना प्रविधिले विकासलाई सम्भब बनाई दिएको छ र जुन देश अथवा समाज सूचना प्रविधिमा अब्बल छ जुन समाजका मानिसहरु सुचनाले भरिपुर्ण छन् त्यो समाज अनि त्यो देश नै सबै भन्दा शक्तिशाली हुन्छन् र छन् पनि। अमेरिका ,चिन ,जापान साथै युरोपका देश हरु सूचना प्रविधिमा अब्बल छन् र बिकाशको साथै शक्तिशाली रास्ट्रको रुपमा चिनिन्छन। विकास भनेको क्रमिक रुप हो यो कहिल्ले रोकिदैन। कुनै देशमा छिटो विकास हुन्छ कुनै देशमा भने ढिलो विकास हुने गरेको पाइञ्छ। राम्रो संग योजना बनाई ,सामुहिक रुपमा निर्णय गरि गरेको विकास दिगो हुन्छ। समाज परिवर्तन हुनको लागि दिगोविकास हुनु अत्यन्त जरुरि छ। विकासको साथै जनस्तरमा चेतनाको अभिब्रिदी हुनु नितान्त आवस्यक छ। जव समाजका हरेक तह तप्काका जनतामा चेतनाको विकास हुन्छ त्यहाँ मात्र सामाजिक सम्ब्रिदी आउछ।

नेपालमा पनि अहिले पनि विकासको काम ढिलो नै भएको छ। ८१% बह्न्दा धेरै भू भाग गाऊले ओगटेको छ। भौगोलिक बनावटको कारण सडक संजालले सबै गाउँ अझै पनि जोडन सकिएको छैन। दिगो रुपमा सडक तथा शिक्षाको विकाससाथै स्वच्छ खानेपानी ,बिजुली बत्ति ,संचार आदिको विकासहुन सके मात्र सोचे बमोजिमको समाज परिवर्तन सम्भब देखिन्छ। साथै , मानिसमा सकारात्मक चेतना नभएसम्म त्यो समाजको चौतर्फी विकासहुन कठिन मानिन्छ। एक्काइसौ शताब्दीमा आई पुग्दा समेत हाम्रो नेपाली समाज छुवाछुत ,बाल बिबाह ,लैंगिक हिम्सा जस्ता कुरीति हरु प्रयाप्त मात्रामा भेटिन्छन। दाइजोको नाममा सयौ चेलीबेटीहरुले अकालमा ज्यान गुमाउनु परेका प्रसस्त उदाहरण हाम्रै सामु छन् , यस्ता कुरीति हरुको राज्य र बुद्दिजिबि नागरिक समाज ,स्थानीय सरकार सबै मिलेर उन्मुलन गर्नु हामी सबै को परम धर्म हो।

Pyuthan Valley Academy, Pyuthan

सरकारी कार्यालयहरुमा आर्थिक हिनामिना उत्तिकै ठुलो मात्रामा हुने गरेको समाचारहरु बाहिर आहिरहेको हुन्छन त्यसलाई कडा कानुनको दायरामा राखी बिनियोजन भएको सम्पूर्ण रकम सहि ठाउमा सहि ढंगले खर्च गराउन सक्नु पर्छ। आर्थिक रकमको अनियमितता र फितलो कानुनको कारण समाज प्रगतिको बाटोमा लम्कन सकिरहेको छैन अनि समग्र नेपालनै विश्व सामु सधै पछि परिरहेको छ।

महिला शिक्षा ,बालमैत्री ,अपाङ्ग मैत्री शिक्षा दिलाउनु राज्यको कर्तब्य हो। समाजमा धनि गरिब बिचको खाडल र समाज भित्रका मानिसका अन्धविश्वास शिक्षाले नै पार लगाउन सक्ने भएकोले देशभर सहुलियत सरकारी शिक्षाको ग्यारेन्टी गराउनु पर्दछ। शिक्षित जनसमुदाय बाटै सकारात्मक सोचको बिकाश भैं देश अघि बढ्न सक्दछ। सहि ढंगको शुशासन अनि सामाजिक बिकाशले नै राज्यको अर्थतन्त्रलाई मजबुत बनाई राख्दछ तसर्थ ,देशका नागरिकको स्वास्थ्यको हेरचाह गरि बालबालिका ,महिला युवा तथा अन्य अल्पसंख्य जनसमुदायलाई सरकारका राम्रा योजनाले उकास्न सक्दछ।

बिद्यार्थी ,प्युठान भ्याली एकेडेमी बाग्दुला कक्षा ८

Facebook Comments