एल.आर.आइ स्कुल अन्तरगत रहेको “नेपाल- चिन मैत्री कक्षा” को उद्घाटन सम्पन्न

श्रावण ८, २०८० सोमवार
स्वदेशमा मात्र नभई अन्तरास्ट्रिय स्तरमा समेत आफ्नो अब्बल संस्थागत क्षमता पस्तुत गरिरहेको एल .आर .आई स्कुल कलंकीले मित्र रास्ट्र चिन संगको शैक्षिक तथा प्राज्ञिक सम्बन्धलाई अझ सुदिर्ध बनाउदै लगेको छ।
एल.आर .आई स्कुलमा श्रावण ८ गते आयोजित “चीन–नेपाल मैत्री कक्षा” को अनावरण समारोहमा , नेपाली प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे ,राजनितिक दलका प्रतिनिधिहरु चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा छोङछिङ शहर पार्टी कमिटीका सचिव युआन च्या च्युन तथा शिक्षामा सरोकार राख्ने सबै क्षेत्रका सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा LRI Education Foundation Trust अन्तरगत सन्चालित नेपालको प्रतिष्ठीत बिद्यालय एल.आर.आइ.इन्टरनेसनल स्कुल अन्तरगत रहेको Confucius Classroom को भ्रमण गरी “चीन–नेपाल मैत्री कक्षा” को अनावरण भएको हो।

छोङछिङ शहर सरकारद्वारा अनुदानित कन्फ्युसियस कक्षाकोठा “चीन–नेपाल मैत्री कक्षा”(China-Nepal Friendship Classroom) आधुनिक र उन्नत शिक्षण उपकरणले सुसज्जित काठमाडौँको पहिलो मैत्री कक्षाकोठा हो जुन नेपालमा चिनियाँ शिक्षणको विकासका लागि ठूलो महत्व राख्दछ ।
यस Confucius Classroom को माध्यमबाट चिनमा छात्रबृत्तीमा अध्ययन गर्न जाने नेपाली बिद्यार्थी हरुका लागी यो अब्बल हुने बिस्वास गरीएको छ ।समारोहमा पाल्नु भएका अति बिशिष्ट पाहुना तथा अतिथी हरुलाई बिद्यालयका प्रमुख गुठीयार श्री शिवराज पन्त तथा श्रीमती यशोधरा पन्त ज्युले स्वागत गर्नु भएको थियो भने बिद्यालयका प्राचार्य डा. देबकान्त जोशीले बिद्यालयको सम्पुर्ण परिवारका तर्फबाट यो सुवर्ण अवसरका लागी चिन सरकारलाई धन्यवाद दिनु भयो । साथै सो अवसरमा छोङछिङ शहर चिनको BI Academy र LRI School बिच Educational and Cultural Exchange हेतु MoU मा हस्ताक्षर भयो।

चीन–नेपाल मैत्री कक्षा (China-Nepal Friendship Classroom) को पूर्णताले एल.आर.आई. इन्टरनेसनल स्कुलको कन्फ्युसियस कक्षाकोठामा चिनियाँ शिक्षणको उपलब्धिलाई व्यापक रूपमा प्रवद्र्धन गर्नुका साथै चीन र नेपाल बीचको हृदयस्पर्शी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास बिद्यालयले लिएको छ ।


एल आर आई इन्टर्नेशनल स्कुलको हालसम्म २० भन्दा बढी रास्ट्रहरुका स्कुल तथा युनिभर्सिटि हरु संग बिद्यार्थी शिक्षक तालिम तथा अनुभव आदान प्रदान कार्यक्रमहरु चलिरहेका छन्।
यस्तै,निकट भविष्यमा नेपाली बिध्यार्थीहरुलाई अन्तरास्ट्रिय बजारमा सजिलै प्रतिस्पर्धी बनाई राख्न ग्लोबल सिटिजनको अवधारणा लिई एल. आर. आई का थप कार्यक्रमहरु जोडिदै लगिने जानकारी बिद्यालयका प्रशासकीय प्रमुख श्री दिपक जोशीले पढ़नेकुरा संचार नेटवर्कलाई दिनु भएको छ।