कक्षा ११ को लागि सुरु भयो क्याम्पसको भर्चुअल मेला

भर्चुअल मेला २०७७ श्रावण २१ गते देखि भाद्र १० गते सम्म चल्ने
पढ्नेकुरा सम्वाददाता
प्रतिष्ठित कलेज रिडर्स Magazine ले यस बर्ष कोविद-१९ का कारण भौतिक रुपमा कलेज घुम्न अफ्ठेरोमा परेका बिद्यार्थी अनि अभिभाबकहरु लाई Virtual Edufair-2020 मार्फत सघाई राम्रो कामको थालनी गरेको छ।
कोभिड १९ को महामारीले विद्यार्थी अभिभावक, विद्यालय , संचालक र सरकार समेत अन्योलमै रहेको अवस्थामा कारण विद्यार्थीहरुले उच्च शिक्षाका लागि स्कुल,कलेज भौतिकरुपमा भ्रमण गर्न नसक्ने तथा उपयुक्त सूचना जानकारी पाउन मुश्किल पर्न गएकोले विद्यार्थी तथा अभिभावकहरुमा आशाको सञ्चार गर्दै घरै वसी उपयुक्त सूचना संकलन गर्ने, अन्तरक्रिया गर्ने र कलेज छान्ने, भर्ना फारम भर्न मिल्ने गरी कलेज रिडर्स Magazineको उच्च सक्रियतामा Virtual Edufair-2020 चलिरहेको हो।

शैक्षिक मेलामा एसईई उत्रिर्ण विद्यार्थीलाई लक्षित उच्च शिक्षाका लागि सूचना तथा परामर्श दिइने छ । यस भमर्चुअल शैक्षिक मेलामा स्कुल तथा कलेजको भर्चुअल भ्रमण, अन्तरक्रिया, विविध क्षेत्रका विज्ञसंगको निःशुल्क Live Webinar मा सहभागिता, Career Counseling & Online Scholarship Test जस्ता कार्यक्रम रहनेछन् । मेलामा बहु प्रतिभाशाली विद्यार्थी लक्षित अनलाईन निवन्ध लेखन, वक्तृत्वकला, कविता वाचन प्रतियोगिता सञ्चालन समेत गरिने छन् ।

College Readers Magazine and Organizer “Virtual Edufair 2020”
२ करोडको छात्रवृत्ति
साथै विद्यार्थीहरुलाई २ करोड छात्रवृतिको समेत व्यवस्था गरिएको छ । उपत्यका लगाएत देशभर बाट १५० भन्दा बढी कलेजहरु सहभागी हुनेछन् भने ५लाख विद्यार्थी तथा अभिभावकहरुले मेलामा भ्रमण गर्ने अपेक्षा गरिएको छ ।
Virtual Edufair 2020 प्रवेश गर्नको लागि यो लिंकमा क्लिक गर्नु होस् । http://www.virtualedufairnepal.com/edufair/
थप सुबिधाहरु
- विद्यार्थी तथा अभिभावकहरुलाई उचित परामर्श तथा शिक्षा विज्ञ र सेलिव्रेटीहरुले आफ्नो अनुभव साटासााट
- स्कुल तथा कलेजको ३६० डिग्री क्यामेराबाट खिचिएको फोटो,Video मा विद्यालय तथा कलेजको Buildings & Grounds , Font Desk, Labs, Library, Classrooms, Seminar Halls, Administrative Blocks, Cafeteria, Sports facilities सहितको Virtual Tourले विद्यार्थी तथा अभिभावकहरुलाई आफै कलेज पुगेको महसुस हुने ।
- यसै भर्चुअल मेलाले विद्यार्थी तथा अभिभावकले एउटै Virtual Tour द्धारा विभिन्न स्कुल कलेजहरु बीच तुलना गरी कलेज छनौटको आफ्नो निर्णय लिन सक्ने।
एउटै भर्चुअल मञ्चबाट देशका उत्कृष्ट स्कुल,कलेजहरुका सेवा, सुविधा र गुणस्तर हेरि आफ्नो निर्णय लिन पाईने भएकाले विद्यार्थी, अभिभावक तथा शैक्षिक संस्था सबैको लागि यो २१औं शताब्दीको सहज चौतारी भएकोले सहज ढंगले सबै पक्ष लाभान्वीत हुने अपेक्षा गरिएको छ ।
मेलाले विद्यार्थी तथा देशका उत्कृष्ट स्कुल,कलेजहरु बीच सम्वन्ध सेतुको काम गर्ने लक्ष्य बोकेको आयोजकको बिश्वास छ।