कक्षा ११ ,१२ को लागि कलेज रिडर्सको सुनौलो छात्रवृति योजना , ढुक्क भै आजै अनलाइन फर्म भर्नुहोस्

हुनलाई तपाई हाम्रो यतिबेला जनजीवन सामान्य पक्कै छैन। संसारका धेरै देशहरुमा कोरोनाको भयाभह अवस्था छ। त्यस्तै ,नेपालमा पनि कोभिड -१९ प्रकोप दिनहु बढ्दै छ। कोभिडको असर शिक्षा क्षेत्रमा प्रयत्क्ष पर्यो र अझै यसको असर अझै पनि निरन्तर छ।

२०७६ ,चैत्र ५ गते भोलि पल्ट एस इ इ को परिक्षा दिन तैयार भएका लाखौ बिद्यार्थीहरु रोकिनु पर्यो तय गरिएको चैत्र ६ गते देखि को परिक्षा भएन र पछि नेपाल सरकारले निर्देशन गरि विद्यालयको आन्तरिक मुल्यांकन लाई आधार मानी रिजल्ट निकाल्ने भयो। आजको दिनमा देशभरका सबै बिद्यालयले आन्तरिक मुल्यांकन सहितको रिजल्ट रास्ट्रिय परिक्षा बोर्डमा पठाईसकेका छन् र बोर्ड ले तैयारी अवस्थामा रहेको नतिजा प्रकासन गर्ने उपयुक्त समय कुरेर बसेको छ ।

क्याम्पस ,शिक्षक र बिद्यार्थीको मिलन भौतिक रुपमा कक्षाकोठामा हुन कोभिडको महामारी नसकिन्जेल अझै केहि समय लाग्ने निश्चितनै छ । यसै अन्योल स्थितिलाई सुल्झाऊन यस बर्ष कलेज रिडर्स Magazine ले अनलाइनमा क्याम्पस घुम्ने , भर्ना प्रक्रिया बुझ्ने , छात्रवृतिको बारेमा जानकारी लिनेअनलाइन प्रक्रिया मिलाएको छ ।

कलेज रिडर्सको २ करोड छात्रवृति योजना अन्तर्गत विभिन्न क्याम्पसहरुमा छात्रवृतिको लागि आबेदन भर्न सकिन्छ। यहाँ उपलब्ध लिंक http://virtualedufairnepal.com/edufair/scholarship प्रवेश गरि बेलैमा मौकाको फाईदा लिनुहोस्।

कोभिड १९ को महामारीले विद्यार्थी अभिभावक, विद्यालय , संचालक र सरकार समेत अन्योलमै रहेको अवस्थामा कारण विद्यार्थीहरुले उच्च शिक्षाका लागि स्कुल,कलेज भौतिकरुपमा भ्रमण गर्न नसक्ने तथा उपयुक्त सूचना जानकारी पाउन मुश्किल पर्न गएकोले विद्यार्थी तथा अभिभावकहरुमा आशाको सञ्चार गर्दै घरै वसी उपयुक्त सूचना संकलन गर्ने, अन्तरक्रिया गर्ने र कलेज छान्ने, भर्ना फारम भर्न मिल्ने गरी कलेज रिडर्स Magazineको उच्च सक्रियतामा Virtual Edufair Nepal-2020  श्रावण २१ गते देखि भाद्र १० गते सम्म चल्नेछ

थप जानकारीको लागि कलेज रिडर्स Magazine कार्यालय वा अनलाइनमा प्रयत्क्ष सम्पर्क गर्नु होला।

Facebook Comments