SEE उत्रिर्ण बिद्यार्थीहरुलाई हमाल, सिलवाल र पूर्व मिस नेपाल श्रृखंला खतिवडाले सम्बोधन गर्ने

पढ्नेकुरा डट कम

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान ) को बिशेष पहल र कलेज रिडर्स शैक्षिक म्यागजिनको आयोजनामा गत श्रावण २१ गते देखि भाद्र २५ गते सम्म सम्पन्न हुदै गरेको Virtual Edufair 2020 को २२ औ दिन भाद्र १० गते बिशेष रहने भएको छ।

२०७६ सालका सम्पूर्ण SEE उत्रिर्ण बिद्यार्थीहरुलाई अभिप्रेरित गर्न नेपाली सिनेमा संगै शिक्षा सम्बन्धि टेलिभिजन कार्यक्रममा पनि चर्चित कलाकारद्वय राजेश हमाल , पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसबाट आर्किटेक्चर इञ्जिनियरिङ्गमा आफ्नो BATCH TOPPER पूर्व मिस नेपाल श्रृखंला खतिवडा र नेपालको प्राज्ञिक क्षेत्रका तारा मानिने हिसान केन्द्रिय अध्यक्ष तथा रास्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले बिद्यार्थीहरुको अध्ययन सम्बन्धि रुचि, चाहना, नेपालमा उपलब्ध रहेका बिषय र त्यसका स्कोप आदिको बारेमा अभिभाबक र बिद्यार्थीवर्ग सबैलाई मध्यनजर गरि ब्याख्या गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा आमन्त्रित हरुले प्रदान गर्ने Career Counselling र Motivation Class Session ले सहभागी विद्यार्थीहरु लाई अत्यन्तै लाभदायि हुने जिकिर पनि उत्तिकै गरिएको छ।

“कलेज रिडर्स (Educational Magazine) र हिसानको सक्रियतामा भईरहेको Virtual Edufair 2020 मा देशैभरि बाट २०० भन्दा बढी प्लस टु स्कुल तथा कलेजहरु सहभागी भएका छन्। लाखौं विद्यार्थीहरुले घरमै बसीबसी कलेजहरु छान्ने यो ठूलो सुनौलो अवसर भएको छ । अहिले सम्म २ करोडको Scholarship मा करिब ३० हजार विद्यार्थीहरुले Apply गरिसकेको र करिब २५०० विद्यार्थीहरु online examमा सहभागी भएको College Readers Virtual Edufair 2020 का कार्यक्रम संयोजक तथा हिसान केन्द्रिय सचिव राम हरि सिलवालले पढ्नेकुरा डट कम लाई बताउनु भयो।

महानायक राजेश हमाल, हिसान केन्द्रिय अध्यक्ष सिलवाल र पूर्व मिस नेपालले सम्बोधन गर्ने कार्यक्रम Facebook & ZOOM LIVE: भाद्र १० गते बेलुका ५ः०० बजे देखि ७ः०० बजे सम्म चल्ने छ।

LIVE PROGRAM Facebook Address: https://www.facebook.com/virtualedufair

Please Register Up to 12 Pm, Bhadra 10,2076 for ZOOM Live Webinar: https://us02web.zoom.us/meeting/register/tZAod-2qqz0jGNbKKGq2O-kGQpjyHzIjNf_h

यस Virtual Edu Fair 2020 को online exam मा भाद्र १० गते सम्म सहभागी भएका बिद्यार्थीहरुको परिक्षाफल भाद्र १५ गते सम्म प्रकाशित गरिनेछ भने भाद्र १० पछिonline examदिने विद्यार्थीको परिक्षाफल भाद्र २५ गते सम्म हुने कुरा कलेज रिडर्सका CEO, जितेन्द्र घिमिरेले बताउनु भयो।

Apply For Scholarships Here :http://virtualedufairnepal.com/edufair/scholarship 

URL: virtualedufairnepal.com

Facebook Comments