शहरी विकासमन्त्रीद्वारा एल.आर.आई.का विद्यार्थी पुरस्कृत

पढ़नेकुरा संवाददाता
मङ्सिर २१,काठमान्डौ
एल.आर.आई. विद्यालय, कलंकिको आयोजनामा काठमाडौंका संसदीय क्षेत्र नम्बर ९ का नागरिक अगुवा, स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रतिनिधिहरुको तर्फवाट सामुहिक रुपमा संघीय सरकारका शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठको सार्वजनिक अभिनन्दन गरिएको छ। ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मुलुकको शिक्षाको क्षेत्रमा एल.आर.आई. विद्यालयले पुर्याएको योगदान अतुलनीय भएको चर्चा गर्नुभयो । उहाँले यस विद्यालयले आफ्ना विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्प्रर्धा गर्न सक्षम गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा खुसी व्यक्त गर्नु भयो ।

मन्त्री श्रेष्ठले सरस्वतीको मन्दिरको रुपमा रहेको यस विद्यालयको पुजारी भएको र विद्यालयको निरन्तर विकासका लागि सक्दो सहयोग गरिराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्राचार्य डा. देवकान्त जोशीले मन्त्री श्रेष्ठले यस भन्दा अघिका दिनमा पनि विद्यार्थीहरुलाई प्रेरणा प्रदान गर्न अन्तरक्रिया गर्ने, पर्यावरण जोगाउने सम्बन्धि चेतनामुलक कार्यक्रममा विद्यार्थीहरुसँग प्रत्यक्ष रुपमा सहभागिता जनाउनु भएको जानकारी दिनुभयो ।
सो कार्यक्रममा मन्त्री श्रेष्ठले चाइना कल्चर सेन्टरद्धारा अन्तराष्ट्रिय स्तरमा आयोजित कोभिड १९ विरुद्ध अनलाइन मेरो कथा “लिटिल कल्चर एम्वासेडर्स” प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गरेका एल.आर.आई. विद्यालयका विद्यार्थीहरुलाई पुरस्कृत गर्नु भएको थियो ।
कार्यक्रममा काठमाण्डौ मानपा वडा नं. १४, नागार्जुन नपा वडा नं. १०, चन्द्रागिरि नपा वडा नं. १३ का वडा अध्यक्ष, स्थानीयवासी तथा छिमेकी विद्यालयका प्राचार्यहरुको उपस्थिति रहेको थियो ।