कक्षा १२ को परिक्षा आउदो साउन ३१ गते देखि भदौ ९ गते सम्म

 
राष्ट्रिय परीक्षा बोर्डको२०७८ जेठमा संचालन हुने कक्षा १२ को परिक्षा आउदो साउन ३१ गते देखि भदौ ९ गते सम्ममा सम्पन्न हुने भएको छ ।   

कोरोना सतर्कताका खातिर पर सारिएको परिक्षाको परिक्षा केन्द्र भने बिद्यार्थीले पढेकै स्कुल अर्थात होम सेन्टरनै कायम गरिएको कुरा बोर्डले पढ़नेकुरा डटकम लाई जानकारी गराएको छ।

गत वर्ष कोरोना महामारीका कारण पूर्णाङ्क घटाएर परीक्षा लिए पनि यस वर्ष विषयअनुसार शतप्रतिशत पूर्णाङ्कमा परीक्षा लिइने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल बताए । ‘गत वर्ष ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिएका थियौं,’ उनले भने, ‘यसपाली १ सय पूर्णाङ्कमा नै परीक्षा संचालन हुनेछ ।’

यस बर्ष करिव पौने चार लाख बिद्यार्थी कक्षा १२ को परिक्षामा सामेल हुदै छन्।

Facebook Comments