पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,३७ जनाको मृत्यु

२० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६सय ५८ पीसीआर परीक्षणमा ७ हजार ३ सय ८८ जना र ५ सय १८ एन्टिजेन परीक्षणमा ६० जना गरी ७ हजार ४सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार २१ रहेको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button

Facebook Comments

You may have missed