गूगलले आगामी पाँचदेखि सातवर्षमा भारतमा १० अर्ब डलर लगानी गर्ने

गूगलले आगामी पाँचदेखि सातवर्षमा भारतमा १० अर्ब डलर लगानी गर्ने भएको छ । यसको लागि छुटै भारत डिजिटाइजेसन कोष स्थापना गरी उक्त कोष मार्फत १० अर्ब डलर लगानी गर्ने गूगलले घोषणा गरेको हो । 

उक्त लगानी इक्विटी इन्भेष्टमेन्ट, साझेदारी, परिचालन, पूर्वाधार, इकोसिस्टम इन्भेष्टमेन्टमा विभाजित हुने गूगलका सिईओ सुन्दर पिचाईले बताए । 

यसमा पनि गूगलले मुख्यतः चार क्षेत्र भारतीय भाषाहरुको सूचनामा पहुँच, भारतीय बजारको लागि प्रडक्ट निर्माण, स्थानीय व्यवसायलाई सशक्त गर्ने तथा स्वास्थ्य शिक्षा र कृषि जस्ता क्षेत्रमा एआईको प्रयोगमा लगानी गर्ने जनाएको छ । एजेन्सी

Facebook Comments