बिधुतिय कारोबार तथा अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शूल्क लाग्न सक्ने

बिधुतिय कारोबार तथा अन्य बैंकको एटीएमबाट नगद झिक्दा शूल्क लाग्न सक्ने भएको छ । लकडाउनको कारण एटीएम तथा विद्युतीय कारोबार निशूल्क रहेकोमा अब भने यी सेवामा शूल्क लिने नलिने निर्णय बैंक तथा वित्तिय संस्थाहरुले आफै निर्णय गर्न सक्ने भएका हुन् । 

नेपाल बैंकर्स संघ, नेपाल डेभलपमेन्ट बैंकर एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा एक सूचना प्रकाशित गरी अन्तर बैंक एटीएम तथा विद्युतीय कारोबार शुल्कबारे बैंक तथा वित्तिय संस्थाहरुले आफै निर्णय गर्न सक्ने बताएका हुन् । 

यस्तै कनेक्ट आईपीएस, एनसीएचएल आईपीएस, एनसीएचएल इसीसी सम्बन्धी शुल्क निर्धारण नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नै गर्ने जारी गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ ।

Source :ictsamachar

Facebook Comments