अमेरिकाले अनलाइन कोर्सका लागि विदेशीलाई प्रवेश नदिने

वासिङटन-अमेरिकाले विदेशी विद्यार्थीलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । विद्यार्थीको सबै पढाई अनलाइन भइसकेका विद्यार्थीलाई यो रोक लगाइएको हो ।
ट्रम्प प्रशासनको इमिग्रेशन तथा कस्टम इनफोर्समेन्ट डिपार्टमेन्ट (आईसीई) ले यस सम्बन्धि निर्देशन जारी गरेको हो । कोरोनाभाइरस संकटका कारण अमेरिकी राष्ट्रपतिले कयौ किसिमका भिषा रद्ध गरेका हुन् ।

आईसीईले केही दिन पहिले निर्देश जारी गरेर अनलाईन कक्षा मात्रै भएका विदेशी विद्यार्थीलाई देश छोड्ने आदेश दिएका थिए । अमेरिकामा यो आदेशको कडा बिरोध भएको थियो । उक्त समयमा ठूला युनिभर्सिटीहरु हार्वर्ड, एमआईटी तथा शिक्षक संगठन र १८ राज्यले यो आदेशको बिरोध गरेका थिए । यसपछि यो विषय अदालतसम्म पुग्यो र पछि ट्रम्प प्रशासनले यो आदेश फिर्ता लिएको थियो ।
पछिल्लो समयमा आएर कोरोनाभाइरसको वर्तमन स्थितिका कारण आईसीईले नयाँ निर्देश जारी गरेको हो । परिस्थितिलाई मध्येनजर गर्दै नीतिमा परिवर्तन गरिएको आईसीईले विज्ञप्ति जारी गरेर जनाएको छ । आप्रवासनको विषयलाई लिएर यो कडा पैmसला गरिएको हो । कोरोनाभाइरसका कारण विदेशीलाई विभिन्न प्रकारको भिषा रद्ध गरिएको छ ।
तर विदेशी विद्यार्थीले आफ्नै मुलुकमा बसेर अनलाईन क्लास लिन सक्ने स्पष्ट पारिएको छ । Source:Karobardaily

Facebook Comments