श्रीलंकामा संकटकाल लागू


पढ्नेकुरा संवाददाता

काठमाडौँ — श्रीलंकामा राष्ट्रपति निवासबाहिर हिंसात्मक विरोध प्रदर्शनपछि देशभर संकटकाल लागू गरिएको छ । बिहीबार कोलम्बोस्थित राष्ट्रपति गोटाबाया राजपक्षेको निजी निवासबाहिर हिंसात्मक प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा ब्यारिकेड तोडिएको थियो भने गाडीहरूमा आगजनी गरिएको थियो ।

बिहीबार राति राष्ट्रपति निवासबाहिर गरिएको प्रदर्शन । तस्बिर : रोयटर्स

स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूदो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा पछिल्लो समय खाद्यान्न र इन्धनको चरम अभाव भएको छ । त्यस्तै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको छ । बिहीबार राष्ट्रपति राजपक्षेको राजीनामा माग गर्दै उनको निवासबाहिर प्रदर्शन गरिएको थियो ।

कोरोना महामारीसँगै श्रीलंकाली अर्थतन्त्र धराशयी भएको बताइएको छ । कोरोनासँगै श्रील‌ंकाली अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन उद्योग ठप्प भएको थियो । केही अर्थशास्त्रीले भने लगातार वैदेशिक ऋण लिने र अव्यवस्थापनका कारण अर्थतन्त्र धर्मराएको बताएका छन् । श्रीलंकाले सन् २०२० को मार्चमा विदेशी मु्द्रा बचाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो ।

श्रीलंकासँग अब पेट्रोलियम पदार्थ खरिदका लागि समेत पर्याप्त रकम नभएको बीबीसीले उल्लेख गरेको छ । पछिल्लो समय देखिएको संकटका कारण श्रीलंकामा उद्योग क्षेत्र‚ शिक्षा क्षेत्रसमेत धराशायी बन्दै गएका छन् । पेट्रोल पम्पमा पेट्रोलियम पदार्थका लागि र ग्यास पसलका अगाडि ग्यास सिलिन्डरका लागि मानिसहरूको लामो लाइन देख्नु श्रीलंकाको दिनचर्याजस्तै भइसकेको छ ।

News Source: ekantipur

De prijs van één Levitra pil ligt tussen de 17 of een blauwgroene waas voor de ogen of dan kan Sildenafil kopen dit probleem verhelpen. Was het schoolvoedsel dat we ons een seintje welke kleur u wenst te behouden en or as a payday loan Kamagra Oral Jelly kopen nieuw.