साक्षरता दिवसको वक्तित्व र चित्रकला प्रतियोगितामा जनता माध्यमिक द्बितीयभै पुरस्कृत

भाद्र २३ ,प्युठान

अन्तरास्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसकाे उपलक्षमा प्यूठान न पा द्वारा आयाेजित मा . वि. स्तरीय वक्तृत्वकला प्रतियाेगीतामा जनता माध्यमिक बिद्यालय बाग्दुला, प्युठान द्बितीयभै पुरस्कृत भएको छ।

साथै यसै दिन आयोजित आधारभुत तह स्तरीय चित्रकला प्रतियाेगीतामा पनि जनता माध्यमिक बिधालय बाग्दुलाले नै दित्तीय स्थान हासिल गरेको छ।
“शैक्षिक गुणस्तर अभिब्रिदिमा स्थानिय तहको भूमिका ” शिर्षक दिइएको उक्त वक्तित्व कला प्रतियोगितामा जम्मा १२ बिद्यालय र चित्रकलामा ३७ बिद्यार्थी सम्मेलित रहेकोमा जनता माध्यमिक बिधालयका छात्रा क्रमश आकृति के सी र सुभेच्छा राउत पुरस्कृत भएका हुन् ।

पुरुस्कार तथा सम्मान
आजकै दिन नगरपालिकाको शिक्षा शाखाले कक्षा ५ र ८ को जिल्ला स्तरिय परिक्षामा प्रथम ,दित्तीय र तृतीय लाई पनि पुरस्कृत गरेको छ।